गृहमन्त्रीले गरे भक्तपुर दमकल भबनको उदघाटन
चैत १२, २०८१, बुधबार | विहान ०४:२७ बजे | 470
भक्तपुर । गृहमन्त्री रमेश लेखकले बुधबार भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका एक समारोहवीच उदघाटन गरे । गृहमन्त्री लेखकले भवन शिलालेख आवरण गरेका हुन् । त्यहाँं कार्यालयको नयाँं भव्य भबन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख विजय धौभडेलले नवनिर्मित कार्यालय भबनबारे जानकारी गराए । कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री लेखक, सांसद् दुर्लभ थापा, गृहसचिव गोकर्णमणि सुवेदीलगायतले आआफनो धारणा राखेका थिए ।