बोडे निलबाराही घटना ः हत्या आरोपमा एकजना पक्राउ
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा आइतबार मृत फेला परेका व्यक्तिको हत्या भएको खुलेको छ । मृत भेटिएका खोटाङ केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ को ओमप्रकाश राई कवाडीको सामान टिप्ने काम गर्ने, दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत्त फेला परेको थियो । घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा रोल्पा परिवर्तन गाँउपालिका वडा नं. ६ वतन भएका वर्ष ५७ को हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानमा खुलेपछि हिमाल बुढामगरलाई प्रकाउ गरी मंगलबार जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा दिन ५ (पाँच) म्याद थप भई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।