कुटपिट गरी हत्या गर्ने दुईजना पक्राउ 


2025-03-25 07:39:59

News Image

भक्तपुर । २७ गते साँझको सयममा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.२ सानोठिमी मगरगाँउ जाने राधाकृष्ण सडक खण्डको सडक छेउमा एकिन नामथर, वतन नखुलेको पुरुष व्यक्ति अचेत अवस्थामा लडिरहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल निजलाई उपचारको लागि नेपाल कोरीया मैत्री नगरपालिका अस्पताल भक्तपुर लगिएकोमा थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ लगिएको उपचारकै क्रममा सोही मितिमा मृत्यु भएको । घटना प्रकृति शंकास्पद भएकोले सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा मृत्तक जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३२ को लक्ष्मण खड्का भन्ने खुलेको । निजको मृत्यु कुटपिटबाट भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएकोले कुटपिट गर्ने निम्न वतन भएका निम्न मानिसहरुलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट कर्तव्य ज्यान मुद्दामा दिन ५ (पाँच) थप भइ अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।   
पक्राउ पर्नेहरुमा 
१.    जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. ९ वतन भएका बर्ष ३९ को यादब पौडेल । 
२.    जिल्ला सिन्धुली तीनपाटन गाँउपालिका वडा नं. ३ चकमके वतन भएका बर्ष २४ को अनिश तामाङ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *