असुरक्षित वन्दै पाचाख्यः किशोरमाथि कुटपिटः अस्पताल भर्ना 


2025-03-24 14:49:17

News Image

भक्तपुर । रातको समयमा भक्तपुरको पाचाख्य असुरक्षित वन्दै गएको छ । सम्साँझै सोमबार त्यहाँं एकजना किशोरमाथि कुटपिट भएको छ । साँझ करिव सवा सात बजेतिर भक्तपुर नगरपालिका वडा नं ७ मुनि विहार खँचा इनाचो भक्तपुर निवासी सौरभ प्रजापतिमाथि कुटपिट भएको छ । आफनो घरबाट करिव पाँंच मिनेटको पैदल दुरीमा पर्ने महेश्वरी खेल मैदान पाचाख्यमा साइकल खेल्न गएको उनीमाथि दुईजनाको समूहमा रहेका युवकले कुटपिट गरेका हुन् । 
भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानभित्र साइकल खेलिरहेका १४ वर्षीय सौरभ कुटपिटमा परेपछि घाइते भएका छन् । कुटपिटपछि घाइते किशोरलाई परिवारले भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताल पुरयाइएको छ । त्यहाँं उनको उपचार भइरहेको छ । किशोरको टाउको र छाँंतीमा चोट लागेको छ ।  
कुटपिटपछि आफनो घाँंटीमा रहेको चाँंदीको सिक्री पनि हराएको घाइते किशोरले बताए । साइकल खेल्न नदिएको झोकमा उनीहरुले आफूमाथि कुटपिट गरेको उनले सुनाए । कुटपिटपछि उनीहरु फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । 
किशोरका बुबा सुमन प्रजापतिले आफनो माइलो छोरामाथि त्यही ठाउँंमा भएको यो दोश्रो घटना भएको बताए । यसअघि पनि सोही खेल मैदानमा साइकल खेल्न गएको उही माइलो छोरा सौरभको साइकल लुटेर फरार रहेको जानकारी उनले गराए । २०७९ असोज २६ गते साँंझ सोही खेल मैदानमा साइकल खेल्न गएका सौरभको साइकल लुटेर लगेको उनले बताए । 
आफनै घर नजिकैको ठाउँंमा यस्ता घटना दोहरिरहनु गम्भीर विषय हो, उनले भने, सरोकारवालाको यस विषयमा म विशेष ध्यानाकर्षण गराउन चाहन्छु । त्यो बेला साइकल लुटेर लगेको बेला पनि प्रहरी प्रशाशनमा उजुरी हालेको तर त्यसको कुनै सुनुवाई नभएको दुःखेसो उनले पोखे । 
महेश्वरी खेल मैदानको यो ठाउँं वस्ती नभएको सुनसान ठाउँं हो । यहाँं वरिपरि वस्ती नभए पनि खेल मैदानको चारैतिरका पोलहरुमा सडक वतीहरु छन् । तर पनि ठूलो चौरमा ती सडकवतीले वीच खेलमैदानसम्म भ्याउँंदैन अर्थात् वीच खेल मैदानमा साँंझ परेपछि अध्यारो नै हुन्छ । 
कुटपिट गरी कुटनेहरु महेश्वरी खेल मैदानको उतरतिर शाररीक व्यायाम गर्ने ठाउँंतिरबाट भागेको जनाइएको छ । आफूमाथि खेल मैदानको उतर गोल पोष्ट वरिपरि कुटपिट घाइतले किशोरले जनाए । किशोरलाई लछारपछार गर्दे कुटेर उनीहरु खेल मैदानको उतरतिरबाट भागेको जनाइएको छ । 
घाइते हुने किशोरसँंग पनि अन्य दुईजना उनका सानासाना भाइहरु साथमा थिए । तर उनीहरु दाजुसँंग कुटपिट गर्नेहरुले भनाभन गरेपछि सहयोगका लागि अलिकलि माथि रहेको आफनै घरमा खवर गर्न पुगेका थिए । तर खवर गरेर घरका बाजे खेलमैदान पुगेपछि उनीहरु भाग्न सफल भएका थिए । 
घाइते भएपछि महानगरी प्रहरी बृत जगाती भक्तपुरमा घटनाबारे खवर गरिसकेको घाइतेका बुबा सुमनले जनाए । अस्पतालमा नजिकै रहेको प्रहरी उपचाररत अस्पतालको आकस्मिक कक्षमा घटनाबारे जानकारी लिन पुुगेका थिए । उनीहरुले पनि घटनाबारे जिल्लामा जानकारी गराइसकेका छन् । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *