सूर्यविनायकमा चोरी ः वंशगोपाल र सिपाडोल बस्ने दुई जना चोर पक्राउ 


2025-03-23 12:04:37

News Image

सूर्यविनायक । गत चैत १ गते रातको समयमा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित योयो पार्टी प्यालेसबाट पित्तलको पानस थान १ लगायत विभिन्न स्थानमा चोरी गर्ने मानिसहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चैत ८ गते प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारबाट चोरी भएको पित्तलको पानस र गाग्री सहित उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा दिन ५ (पाँच) म्याद थप भई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।  
पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं. २ अनैकोट घर भई भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ३ बंशगोपाल बस्ने वर्ष २८ को अश्विन लामा र भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने वर्ष १९ को सुवास तामाङ रहेको जनाइएको छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *