६६ वर्षीय राईको हत्याको आशंका 


2025-03-23 10:50:15

News Image

बोडे । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा भेटिएका व्यक्तिको हत्या भएको आशंका प्रहरीले गरेको छ । खोटाङ केपिलासगढी गाँउपालिका वडा नं. २ घर भई हाल बोडे बस्ने वर्ष ६६ को ओमप्रकाश राई लाश आइतबार भेटिएको थियो । कवाडीको सामान टिप्ने काम गर्ने, दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा मृत्त फेला परेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।  
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *