शान्ति खल: द्वारा ससुपूजाको अवसरमा नयाँ वर्षको क्यालेन्डर विमोचन 


चैत ८, २०८१, शनिबार | दिउँसो ०१:५२ बजे | 70


शान्ति खल: द्वारा ससुपूजाको अवसरमा नयाँ वर्षको क्यालेन्डर विमोचन 

भक्तपुर, चैत ९ । काठमाडौंमा बसाइँ सरेका भक्तपुर थिमीका दाजुभाइ बीच आपसी सहयोग, सद्भाव तथा सांस्कृतिक पहिचान जीवन्त राख्ने उद्देश्यले गठन भएको शान्ति खल : द्वारा सल्लाघारी च्वङ्गा गणेशमा ससुपूजा मनाउँदै नयाँ वर्ष २०८२ को क्यालेन्डर विमोचन गरिएको छ । संरक्षक सदस्य तथा शान्ति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले सुखदुःखमा एकआपसमा आर्थिक तथा अन्य सामाजिक रूपमा सहयोग गरी पहिचान जोगाउन यस खल: को स्थापना गरेको बताउनुभयो । कार्यक्रममा खल : का पूर्व महासचिव धर्मकृष्ण चपलिछेँ श्रेष्ठद्वारा रचित "थिमिया स्यस्य : बिनां" नामक पुस्तक ५० प्रति निःशुल्क वितरण गर्नुभयो । खल : का अध्यक्ष तथा कार्यक्रमका सभापति रत्नसुन्दर कायस्थले खल मा मानार्थ, संरक्षक, संस्थापक तथा साधारण सदस्य रहेको जानकारी दिँदै आजीवन सदस्य तथा संरक्षक सदस्यको लागि दश वर्षे नीति र पछिल्ला योजना र नीति बारे  प्रष्ट पार्नु भयो । सोही कार्यक्रममा विष्णुप्यारी पिला श्रेष्ठद्वारा खल : को भवन निर्माणको लागि रू. १ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा खल : का संस्थापक सदस्य रमेशकुमार चांगुभण्डारी श्रेष्ठले सो क्यालेन्डरको विमोचन गर्नुभएको हो ।

Comments