यस वर्षको सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने
पुष १३, २०७७, सोमबार | दिउँसो १२:२२ बजे | 65
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०७७ माघ १ गते थथुबही परिसरमा मनाइने सम्यक महादान पर्वसँग सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो । सो बैठकले कोभिड १९ रोगको महामारीलाई मध्यनजर गरी २०७७ माघ १ गते मनाइने सम्यक महादान पर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय ग¥यो ।
सहभागीहरुले सम्यक महादान भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौंमा १२ वर्षमा मनाइने परम्परा रहेको पनि बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा प्रशन्नशील महाविहार— क्वाठण्डौ, मंगल धर्मदीप महाविहार— झौरबही, चर्तुब्रम्ह महाविहार—दरबार क्षेत्र, बौद्ध समंकृत विहार—कुथुबही र जयकृति महाविहार—थथुबहीका प्रतिनिधिहरुको उपस्थिति थियो ।