खाना, नाना र छानाका लागि सल्लाघारीमा महायज्ञ हुने


चैत ६, २०८१, बिहीबार | दिउँसो ०२:०९ बजे | 85


खाना, नाना र छानाका लागि सल्लाघारीमा महायज्ञ हुने

भक्तपुर । भक्तपुरको सल्लाघारीमा श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ हुने भएको छ । मानव कल्याण समाजको आयोजनामा चैत २१ गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको हो । 
बिहीबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी वेवारिसे सडक मानबका लागि महायज्ञ २०८१ हुन लागेको जानकारी गराइयो । पत्रकार सम्मेलनमा महायज्ञ संयोजक गोपीकृष्ण न्यौपानेले राधेराधे भक्तपुर यातायात कार्यालयसँंगै महायज्ञ हुने जानकारी गराए । 
सम्मेलनमा सुमी मानवका संस्थापक अध्यक्ष देवी सुमी मानवले मानव कल्याण समाजको भबन निर्माणार्थ आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागेको जानकारी गराइन् । महायज्ञ मुल तयारी समितिकी उपसंयोजक एवं भक्तपुरको सूर्यविनायक नगरपालिकाकी निवर्तमान उपप्रमुख जुना वस्नेतले सडक सार्वजनिक स्थलहरुमा अलपत्र तथा वेवारिसे अवस्थामा रहनुभएको सडक मानबहरुलाई खाना, नाना र छानाको दीगो व्यवस्थापन र प्रभावकारी सेवाका लागि जग्गा तथा भबन व्यवस्थापन प्रायोजनार्थ महायज्ञको आयोजना गरिने जनाइन् । 
आयोजक मानव कल्याण समाजका कोषाध्यक्ष नरेश रञ्जितले महायज्ञबाट संकलित रकम जम्मा गर्नका लागि एउटा निजी बैंकमा खाता सञ्चालन गरिएको जानकारी गराए । 
 

Comments