मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान


चैत ६, २०८१, बिहीबार | दिउँसो ०१:२४ बजे | 250


मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान

प्रधानमन्त्री के पि शर्मा ओलीले बाट गत आर्थिक वर्षमा वातावरण, संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ । नेपाल नगरपालिका संघले ३२ औं स्थापना दिवसको उपलक्ष्यमा मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ द्वारा प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो । बागमती प्रदेश मै मध्यपुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका भएको भन्दै सम्मानित भएको हो । नगरपालिका संघले देश भर ४ वटा विद्यामा ४ नगरपालिकालाई सम्मान गरेको छ ।जसमध्ये मध्यपुर थिमी नगरपालिकाले आर्थिक बर्ष २०८०र ८१ मा वातावरण , संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्राप्त गरेको हो । मध्यपुर थिमी नगरपालिकाले संस्कृति सम्पदा संरक्षण गर्दै नगरभित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा,सटल, देव घर, चैत्य ,विहार लगाएतका सम्पदा पुनर्निमाण तथा जिर्णोद्धार कार्यलाई निरन्तरण दिदै आएको छ । यस्तै पर्यटन विकासका निम्ती विभिन्न समयमा मेला महोत्वस गदै केही समय अगाडीमात्रै मध्यपुर महोत्सव गर्र्दै पर्यटन क्षेत्र विकासमा महोत्वपुर्ण योगदान गरेको छ । भने पहिरो रोकथामका निम्ती निलबाराही क्षेत्रमा तीन हजार विरुवा बृक्षारोण गरेको थियो । भने सडक सरसफाइ तथा मनोहरा क्षेत्रको पर्यवरण संरक्षण गर्दै आएका विषयलाई आधार बनाएर संघले मूल्यांकन गरि सम्मान गरेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो

 

Comments