यस्तो रहयो स्ववियु भक्तपुर क्याम्पसको अन्तिम मतपरिणाम ः नेक्राविसंघद्धारा धाँंधलीको आरोप 


2025-03-19 15:49:36

News Image

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा सतारुढ कांग्रेस र एमालेका विद्यार्थी गठबन्धनका संयुक्त सभापतिका उम्मेदबार पुकार पराजुलीले नौ सय ४९ मत पाएका छन् । उनका निकटम प्रतिद्धन्दी नेपाल क्रान्तिकारी विद्यार्थी संघकी सुजी ह्यँगोजूले सात सय ३५ मत पाएकी छन् । अर्काे गठबन्धका सभापति आकाश गजुरेल एक सय ४३ मतमा खुम्चिएका छन् । 
निकटतम प्रतिद्धन्द्धी विद्यार्थीको बहिष्कारकावीच अन्तिम मत परिणाम सार्वजनिक गरिएको हो । निकटतम प्रतिद्धन्दीका विद्यार्थी निर्वाचनमा धाँंधली भएको भन्दै अन्तिम अवस्थामा मतगणणा छाडेर विरोधमा उत्रेका थिए । बुधबार विहान उनीहरु धाँंधली भएको भन्दै मतगणणा छोडेर गएका थिए । त्यसपछि उनीहरुले दिनभर विरोध प्रदर्शन गरी नाराजुलुश गरेका थिए । त्यसपछि प्रहरी दमन गरी उनीहरुलाई क्याम्पस गेट बाहिर निकालेका थिए । उनीहरुले गेट बाहिरै नाराबाजी गरेका थिए । राति उनीहरु क्याम्पसबाट जुलुश गर्दै दरवारस्क्वायरमा पुगेर सभा गरेका थिए ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *