भक्तपुर क्याम्पसमा स्ववियु निर्वाचन ः क्रान्तिकारी विद्यार्थी नाराबाजी गर्दै
भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा धाँंधली भएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । नेपाल क्रान्तिकारी विद्यार्थी संघ समर्थित विद्यार्थीहरु क्याम्पस गेट अगाडि रहेर नाराजुलुश गरिरहेका छन् । विहानदेखि साँंझ ६ बजे यो समाचार तयार पार्दासम्म उनीहरु गेट अगाडि नाराजुलुशमा छन् ।
निर्वाचनमा धाँंधली भएको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर क्याम्पस एकाई समितिले विज्ञप्तिसमेत निकालेको छ । एकाई संयोजक कल्पना कोजूद्धारा पे्रशित विज्ञप्तिमा घ बुथको मगणणना गर्ने क्रममा मुचुल्का उठाइएको भन्दा वढी मत पत्र भेटिएको सार्वजनिक भएको जनाएको छ । विवादपछि मतगणणा स्थगित छ ।
मतदानमा कुल एक हजार नौ सय १ मत खसेको थियो । यो कुल मतदाताको ४५.७१ प्रतिशत मात्रै थियो । क्याम्पसमा कुुल चार हजार एक सय ५८ मतदाता रहेका छन् ।
निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र नेपाल क्रान्तिकारी विद्यार्थी संघको एकल प्यानलवीच कडा प्रतिस्पर्धा छ । सतारुढ नेपाली कांग्रेसको नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानल र र नेपाल मजदुर किसान पार्टी निकट (नेक्राविसंघ) को विद्यार्थी संघ नेपाल क्रान्तिकारी विद्यार्थी संघवीच चुनावी मैदानमा उत्रको थिए । सभापतिमा संयुक्त प्यानलबाट पुकार पराजुली र नेक्राविसंघबाट सुजी ह्यँगोजुको उम्मेदबारी परेको थियो । पराजुली निवर्तमान स्वबियु सभापति हुन् । सुजी भने स्नातक तह तेश्रो वर्षकी छात्रा हुन् ।