फोटो पत्रकारमाथि आक्रमण ः कारबाहीको माग
काठमाडौं । हिमालखबर डटकमका फोटो पत्रकार अजय हाकुजूमाथि स्वतन्त्र विद्यार्थी युनियन चुनावका क्रममा फोटो खिच्दै गर्दा पाटन संयुक्त क्याम्पस अगाडि आक्रमण गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाकुजूले सडकमा लाठी, रड बोकिरहेका युवाहरूको फोटो खिचिरहेका वेला एक समूहले धम्किदिएर क्यामेराबाट सबै फोटो डिलिट गर्न बाध्य पारेको र फोटो डिलिट गर्दै गर्दा अनुहारमा मुक्का प्रहार गरिएको जानकारी हिमाल मिडिया प्रतिषठान शाखाबाट प्राप्त भएको जनाएको छ।
पत्रकार महासंघ प्रतिष्ठान प्रदेश कार्यसमिति स्वतन्त्र प्रेस विरोधी उक्त घटनाको कडा शब्दमा निन्दा गर्दछ । साथै घटनामा संलग्न दोषीलाई तत्काल कानूनी दायरामा ल्याइ कारवाही अघि बढाउन र संविधानप्रदत्त स्वतन्त्र प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।