सानोठिमीमा गठबन्धन विजयी ः भक्तपुरमा मतगणणामा विवाद
भक्तपुर । सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का नरेन्द्र सिङ ठगुनाको नेतृत्वको पुरै प्यानल विजयी भएको छ । माओवादी निकटको अखिल क्रान्तिकारी र नेपाली कांग्रेस निकेटका नेपाल विद्यार्थी संघको संयुक्त प्यानल विजयी बनेको हो ।
यता भक्तपुर बहुमुखी क्याम्पसमा भने मतगणणा स्थगित भएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी संघले आपति जनाएपछि विवाद भएको हो । मतगणणा भने अन्तिम चरणमा पुगेको छ । मत परिणामबाट गठबन्धनका उम्मेदबारहरु जित नजिक पुगेका छन् । एक सय पनि मत गन्न वाँंकी नरहँंदा गठबन्धनका उम्मेदबारहरु र्दुइ सय मतले अगाडि छन् ।
२०६० सालदेखि लगातार स्ववियू सभापति विजयी हुँदै आएको नेक्राविसंघ अघिल्लो पटक २०७९ देखि स्ववियू बाहिर भएको थियो । नेविसंघ र अनेरास्ववियू संयुक्त प्यानल निर्वाचनमा होमिएपछि यो पटक पनि नेक्राविसंघ स्ववियू बाहिर हुने पक्का पक्की भएको छ ।
२०६२ र २०६५ सालमा अनेरास्वीयूलाई साथमा लिएर २०७३ मा नेविसंघसँग संयुक्त प्यानल बनाएर नेक्राविसंघ भक्तपुर क्याम्पसमा आफ्नो बर्चस्व कायम गर्दै आएको थियो । अघिल्लो निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको प्यानल निर्वाचनमा होमिएपछि स्ववियू बाहिर भएको नेक्राविसंघ यो पटक पनि नेविसंघ र अनेरास्वीयूको नै प्यानल भएपछि आफू यो पटक पनि स्ववियू बाहिर हुने पक्कापक्की भएको छ ।