मोबाईल व्यवसायी महासंघ मुगुद्धारा प्रशासनलाई ध्यानर्कषणपत्र


2025-03-18 14:17:37

News Image

खड्क सुनार

मुगु ५ चैत

नेपाल मोबाइल व्यवसायीक महासंघ जिल्ला कार्य समिति मुगुले मंगलवार जिल्ला प्रशासन कार्यालय मुगुलाई ध्यानकर्षण पत्र बुझाएको छ । मोबाइल व्यवसायलाई सरल , सवल र व्यवस्थित बनाउनका लागि आबश्यक सहयोग तथा समन्वय गर्नका लागि महासंघ मुगुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकार लाई ध्यानर्कषण पत्र बुझाएका हुन । नेपाल मोवाईल ब्यवसायि महासंघ मुगुका अध्यक्ष बिष्णु रावतका अनुसार मोबाइल फोन खरीद विक्रीको अनुमति, पुरानो मोबाइल फोन खरिद , विक्री प्रक्रियाको सरलीकरण, मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा लगायतका विषयमा सहजीकरण गरिदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेलाई ध्यानार्कषण पत्र हस्तान्तरण गरिएको उनको भनाई छ । देशका ७७ वटै जिल्लामा एकै साथ मोबाईल व्यवसायी महासंघले व्यवसायका विभित समस्याहरुको समधानका लागि आबश्यक पल गरि दिन प्रजिअ मार्फत ध्यानर्कषण पत्र हस्तान्तरण गरिएको छ । पुरानो मोबाइल फोन खरिद बिक्री प्रक्रियाको सरलीकरण,मोबाइल मर्मत प्राविधिकहरुलाई कानुनी सुरक्षा र एक पटक बिग्रेको मोबाइल फोन फेरि मर्मत गरी खरिद बिक्रीको अनुमति लगायतका व्यवसायका समस्याहरू ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पत्रमा भनिएको छ , उपभोक्ताले प्रयोग गरिरहेको पुरानो मोवाईल फोन बिक्री गर्न चाहने अवस्थामा हालको जटिल प्रक्रियालाई सरलीकृत गरिनुपर्छ । बीजक नभएको अवस्थामा पनि आवश्यक कागजातहरुको आधारमा खरिद बिक्रि गर्न मिल्ने निति बनाउन आग्रह गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले भने मागहरु सम्बन्धित मन्त्रालय , सरकार लाई जानकारी गराउने बताए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *