गुण्डूका वलात्कारी च्याम्हासिंहबाट पक्राउ 


2025-02-27 12:29:49

News Image

भक्तपुर । जिल्ला अदालत भक्तपुरबाट कार्तिक २१ गते जबरजस्ती करणी मुद्दामा ७ (सात) वर्ष कैद र रु. ३,००,०००।– (तीन लाख रुपैया) दण्ड जरिवाना फैसला भई हालसम्म फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थायी घर भई हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने वर्ष ४९ को अच्युतमणि रिसाललाई पक्राउ गरेको प्रहरीले जनाएको हो । 
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका वडा नं. ९ च्यामहासिंहबाट उनलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले जनाए । उनलाई विहीबार जिल्ला अदालत भक्तपुर बुझाइएको उनले जनाए । उनलाई अदालतबाट कैद भुक्तानको लागि श्री कारागार कार्यालय जगन्नाथदेवल काठमाण्डौं पठाइएको उनले जानकारी गराए ।    
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *