भक्तपुर क्याम्पस ः साढे १२ सम्म हजार हाराहारीमा मतदान


2025-03-18 07:05:16

News Image

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा मंगलबार दिउँसो साढे १२ बजेसम्ममा झण्डै एक हजारको हाराहारीमा मतदान भएको जनाइएको छ । विहान ८ बजेबाट सुरु भएको मतदान साँंझ चार बजेसम्म चल्नेछ । 
कलेजमा झण्डै चार हजारको हाराहारीमा मतदाता रहेका छन् । मतदान शान्तिपूर्ण चलिरहेको जनाइएको छ । निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र नेपाल क्रान्तिकारी विद्यार्थी संघको एकल प्यानलवीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 
सतारुढ नेपाली कांग्रेसको नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानल र र नेपाल मजदुर किसान पार्टी निकट (नेक्राविसंघ) को विद्यार्थी संघ नेपाल क्रान्तिकारी विद्यार्थी संघवीच कडा प्रतिस्पर्धा हुने आकलन छ । तथापि कसको पल्लाभारि होला त्यो भने हेर्न बाँंकी नै छ । 
सभापतिमा संयुक्त प्यानलबाट पुकार पराजुली र नेक्राविसंघबाट सुजी ह्यँगोजुको उम्मेदबारी परेको छ । पराजुली निवर्तमान स्वबियु सभापति हुन् । सुजी भने स्नातक तह तेश्रो वर्षकी छात्रा हुन् । छात्रा हुनु, प्रभावकाली वाक शक्ति, डायनामिक लिडरशिप देखिएकी उनी चुनावको मत मागेको भिडियोबाट पनि धेरैजना प्रभावित भएको देखिन्छ । 
निकै कम प्रतिशत मत मात्रै खस्ने अनुमान गरिएको छ । कति मत खस्यो त्यसको आधारमा पनि जितहार निश्चित हुने आकलन गरिएको छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *