सम्पूर्ण कामदार महिला एक हौं 


2025-03-18 13:50:02

News Image

भक्तपुर, ५ चैत । भक्तपुर नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सबै महिला तथा बालबालिकाका लागि अधिकार, समानता र शसक्तिकरण भन्ने नाराका साथ उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाकक्षमा मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि रजनी जोशीले सम्पूर्ण कामदार महिला एक हौं । समाजवादी आन्दोलन अगाडि बढाऔं । भन्ने नेपाल क्रान्तिकारी महिला संघको नारा अनुसार समाजवाद विना श्रमिक महिला मुक्ति नहुने भएकोले नेमकिपाको लक्ष्य समाजवाद हुँदै साम्यवाद पुग्ने भएकोले समाजवादी आन्दोलन अगाडि बढाएको बताउनुभयो । उहाँले देशको घटना छिनछिनमा बदलिरहेको बताउँदै पुँजीवादी व्यवस्था व्यक्तिगत स्वार्थ भष्ट्राचार युक्त हुने बताउनुभयो । उहाँले राजतन्त्र फर्कन नसक्ने बताउँदै २०४५ साल भक्तपुरकाण्डमा निरंकुश पंचायति व्यवस्थाबाट बढी प्रताडित भएको बताउँदै ०४६ सालको आन्दालेनबाट प्रजातन्त्र स्थापना भई २०६२÷०६३ को आ्रन्दोलनबाट गणतन्त्र स्थापना भएको बताउनुभयो । उहाँले अहिलेको पुँजीवादी व्यवस्था गरिब झन झन गरिब हुने र धनी झनझन धनी हुने भएकोले व्यवस्था परिवर्तन गर्न जनता राजनैतिक रुपले सचेत र संगठित नभएसम्म असंभव हुने बताउनुभयो । उहाँले समाजवादी व्यवस्थामा जन्मदेखि मृत्युसम्म राज्यको दायित्व हुने बताउँदै संविधानमा समाजवाद उन्मुख भएता पनि शासक दलहरुले त्यसअनुसार काम नगरेको बताउनुभयो । उहाँले भक्तुपुर नगरलाई सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारको लागि कार्य गर्दै समाजवाद उन्मुख सोचले काम गरिरहेको बताउँदै महिला उत्थानको लागि शिक्षा अपरिहार्य भएको बताउनुभयो । उहाँले महिला अधिकारको नाममा पुरुषलाई दमन गर्न नहुने अमेरिकाबाट सुरु भएको कोपन हेगनमा ११५ बर्ष अगाडि संसारका महिला भेला भई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाई रहेको बताउनुभयो ।
    कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि मिरा दुगुजुले नेमकिपाको आन्दोलनले रुपरंग धेरै फेरिएको बताउँदै तर नयाँ पुस्ता राजनीतिक सचेतनामा युृवा जोश जागर नभएको बताउनुभयो । उहाँले अमेरिकामा महिला अधिकार अहिले पनि नभएको बताउँदै काममा भर्ना हुन महिला हिंसा हुने गरेको बताउँदै दासप्रथाबाट मुक्त भई नेपालमा पनि छाउप्रथा र बोक्सि जस्ता महिलाहरु मुक्त हुन गा¥हो भएको बताउनुभयो । उहाँले राजनीतिक सचेतना नभए अधिकार दुरुपयोग हुने बताउँदै नारि पुरुष बीचको लडाई नभई राज्यको विभेद र दमनबाट मुक्त हुन अन्तर्राष्ट्रिय महिला क्लारा जेटकिन, जेनि माक्र्सको जीवनी अध्ययन गर्नुपर्ने बताउनुभयो । 
    कार्यक्रम १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेमकिपा १० का इन्चार्ज लक्ष्मी प्रसाद चवाल, जितेन्द्र मुनंकर्मी, तारादेवी शाक्यले पनि बोल्नु भएको थियो । 
    

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *