जगातीमा विरामी बोकेको एम्वुलेन्स दुर्घटना
2025-01-29 07:03:31
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती बस स्टपमा बुधबार दिउँसो एम्वुलेन्स दुर्घटना भएको छ । बनेपातिरबाट काठमाडौं जाँंदै गरेको विरामी वोकेको एम्वुलेन्स र काठमाडौंबाट आइरहेको बसवीच बस स्टपमा ठक्कर खाएको हो ।
ठक्करबाट एम्वुलेन्सको अगाडिको भाग क्याचककुच्चुक भएको छ । दुर्घटनापछि भक्तपुर नगरपालिकाको एम्वुलेन्स बोलाएर विरामीलाई काठमाडौं लगिएको छ । दुर्घटनाको अन्य क्षति विवरण भने आउन बाँंकी नै छ ।
प्रतिक्रिया