स्ववियु निर्वाचन ः भक्तपुर क्याम्पसमा ६ बजे सर्वदलीय बैठक वसी मतगणणा सुरु गर्ने 


2025-03-18 12:25:58

News Image

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत भक्तपुर बहुमुखी क्याम्पसमा मंगलबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । विहान सवा आठ बजदेखि सुरु भएको मतदान साँंझ सवा चार बजे सम्पन्न गरिएको थियो । 
मतदानमा कुल एक हजार नौ सय १ मत खसेको छ । यो कुल मतदाताको ४५.७१ प्रतिशत मात्रै हो । मतगणणा अहिले साँंझ ६ बजे सर्वदलीय बैठक वसी सुरु गर्ने जनाइएको छ । 
चुनावमा आआफनो पक्षमा माहोल बनाउन सांसददेखि मेयरसम्म अनि वडा अध्यक्षदेखि सदस्यसम्म पुगेको देखिएको छ । वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीदेखि विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु क्याम्पसमा पुगेका थिए । 
कलेजमा कुुल चार हजार एक सय चानचुन मतदाता रहेका छन् । निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल र नेपाल क्रान्तिकारी विद्यार्थी संघको एकल प्यानलवीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 
सतारुढ नेपाली कांग्रेसको नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुको संयुक्त प्यानल र र नेपाल मजदुर किसान पार्टी निकट (नेक्राविसंघ) को विद्यार्थी संघ नेपाल क्रान्तिकारी विद्यार्थी संघवीच कडा प्रतिस्पर्धा हुने आकलन छ । तथापि कसको पल्लाभारि होला त्यो भने हेर्न बाँंकी नै छ । 
सभापतिमा संयुक्त प्यानलबाट पुकार पराजुली र नेक्राविसंघबाट सुजी ह्यँगोजुको उम्मेदबारी परेको थियो । पराजुली निवर्तमान स्वबियु सभापति हुन् । सुजी भने स्नातक तह तेश्रो वर्षकी छात्रा हुन् ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *