भक्तपुर क्याम्पसमा तीन विद्यार्थी प्यानलको भीडन्त ः कसले मार्ला बाजी ?


2025-03-17 15:40:56

News Image

भक्तपुर । भोलि चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भक्तपुर बहुमुखी क्याम्पस दुधपाटीमा तीन वटा विद्यार्थी संगठनका प्यालनहरुवीच प्रतिस्पर्धा हुने भएको छ । सतारुढ नेपाली कांग्रेस र नेकपा एमालको विद्यार्थी संगठनको संयुक्त प्यालन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको विद्यार्थी संघको एकल प्यानल र प्रचण्ड अध्यक्ष रहेको माओवादी र माधवकुमार नेपाल अध्यक्ष रहेको समाजवादी पार्टी निकटको विद्यार्थीको संयुक्त गरी तीन वटा विद्यार्थी प्यालन मैदानमा उत्रेका हुन् । 
एमालेको अनेरास्ववियु र कांग्रेसको नेविसंघ, नेमकिपाको नेक्राविसंघ र प्रचण्डको अखिल क्रान्तिकारी र माधबकुमारको अखिल समाजवादीको संयुक्त विद्यार्थी प्यानल गरी तीन वटा प्यानल प्रतिस्पर्धामा छन् । तथापि नेविसंघ तथा अनेरास्ववियु र नेक्राविसंघको प्यानलवीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 
अनेरास्ववियु र नेविसंघको प्यानलबाट सभापतिमा पुकार पराजुली छन् । उनी निवर्तमान स्ववियु सभापति पनि हुन् । यसअघि पनि यही दुईवटै संयुक्त प्यानलबाट उनी सभापतिमा विजयी हासिल गर्न सफल भएका थिए । तर यो प्यानललाई नेमकिपा निकटको नेक्राविसंघकी सुजी ह्योगोजू सभापतिको उम्मेदबार रहेको एकल प्यानलले कडा टक्कर दिएको छ । संयुक्त प्यानललाई सुजीको एकल प्यानललाई हराउन फलामको चिउरा चपाउनु सरह हुने अनुमान गरिएको छ । उता अर्काे प्यानलको सभापतिमा भने आकाश गजुरेल रहेका छन् । क्याम्पसमा ६ हजारको हाराहारीमा मतदाता रहेको बताइएको छ ।  

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *