जनजातिका छोरोलाई किन नवनाउने नयाँं प्रहरी प्रमुख ?


चैत ३, २०८१, सोमबार | विहान ०१:४५ बजे | 20


जनजातिका छोरोलाई किन नवनाउने नयाँं प्रहरी प्रमुख ?

काठमाडौं । प्रहरी महानिरीक्षक वकसन्तबहादुर कुँवर आउँदो मंगलवारबाट अनिवार्य अवकासमा जाने भएपछि नयाँ प्रहरी प्रमुखका लागि ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दौड तीव्र भएको छ ।
नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकको दौडमा एआईजीहरू दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दौडमा छन् । नेपाल प्रहरीको ११० ब्याचका थापा, तामाङ र गिरी आईजीपीका लागि तीव्र लबिङमा देखिन्छन् ।
आज सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले आईजीपी नियुक्ति गर्ने भएपछि अहिले नेपाल प्रहरीभित्रको रौनक हेर्न लायकको बनेको छ । सरकारले विवादरहित ढंगबाट नयाँ प्रहरी महानिरीक्षक नियुक्तिका लागि ३ जना एआईजीको कार्य सम्पादन मूल्याङ्कनको फाइल मगाएर अध्ययन गरिरहेको छ ।
तीनै जना ती अधिकृतको विगतदेखि वर्तमानसम्मको कार्यशैली तथा क्षमतालाई आधार बनाएर नयाँ प्रहरी महानिरीक्षक नियुक्तिको तयारी भइरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ । आईजीपीको दौडमा रहेका तीनै जना विगतमा आफूलाई खटाएको कार्यालयमा अब्बल रूपमा काम गरेर देखाइसक्नुभएको छ । जुन–जुन कार्यालयमा प्रमुखको रूपमा सरुवा भएर गएका तीनै जनाले आफूलाई औंला ठड्याउने गरी काम गरेको देखिँदैन ।
प्रहरी महानिरीक्षकको दौडमा रहनुभएका एआईजी थापा चितवन प्रहरी प्रमुखको भूमिका रहँदा उहाँलाई विवादमा आएका थिए । उनीमाथि विभिन्न आरोपहरु रहेको बताइएको छ । गैरकानुनी तवरले सामान खरिदको उजुरी अख्तियारमा पेन्डिगमा राख्न उनले वन्दोवस्त मिलाएको आरोप छ । 
त्यस्तै, आईजीपीको दौडमा रहनुभएका अर्का एआईजी तामाङ नेपाल प्रहरीभित्र निस्कलङ्क अधिकृतका रूपमा चिनिनुहुन्छ । आफूलाई दिएको जिम्मेवारी पूरा गर्नेमा उहाँ निकै अघि देखिनुभएको छ । अपराध अनुसन्धान विभागमा सफल कार्यकाल पूरा गरेर हाल उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा रहनुभएका तामाङले आफूलाई आउँदो प्रहरी महानिरीक्षका लागि योग्य भएको दाबी गर्दै आउनुभएको छ । 
आइजीपीको दाबेदार रहेका तीनै जना २०५२ साल भदौ १८ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधान अनुसार ६ महिनाका लागि आईजीपी हुनेछन् । अहिले नेपाल प्रहरीको ऐन संशोधनका लागि संसद्मा छलफलका क्रममा रहेको छ । यदि, यही संसद् अधिवेशनमा उक्त ऐन पास भए आउने आईजीपीको कार्यकाल साढे दुई वर्ष थप हुनेछ । यी तीनै जनामध्येबाट आईजीपी नियुक्तिका लागि गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी ओलीलाई ब्रिफिङ गरिसक्नुभएको छ ।
यसैबीच प्रहरी महानिरीक्षकसहित ९ उच्च प्रहरी अधिकृत मंगलवार मध्यरातबाट अवकासमा जाँदै छन् । ५ एआईजी र ३ डीआईजी ३० वर्षे सेवा अवधिका कारण अवकासमा जाँदै छन् । एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेरसिंह कडायत, जनक भट्टराईले अवकाश पाउन लागेका हुन् । त्यस्तै, डीआईजीहरू ध्रुवराज राउत, भोला रावल र गणेश चन्दले पनि मंगलवारबाट अवकास पाउँदै छन् ।

Comments