भूकम्प पीडितहरूलाई रु. १० लाख अनुदान दिनुपर्ने
पुष १३, २०७७, सोमबार | विहान ०३:५५ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक आइतबार बस्यो । बैठकमा भक्तपुर जिल्लाको निजी आवास पुनःनिर्माणको प्रगति प्रतिवेदनमाथि छलफल भयो ।
बैठकले भूकम्प पीडितहरूलाई प्रदान गरिने भूकम्प पुनःनिर्माणको अनुदान रकम १० लाख पु¥याउनुपर्ने, अनुदान रकमलाई किस्ता किस्ता गरी लिनुपर्ने बाध्यताको अन्त्य गरी एकमुष्ठ वितरण गर्नुपर्ने र किस्ता लिने समय सीमा थप गर्नुपर्ने निर्णय ग¥यो ।
हालसम्म भक्तपुर नगरपालिकाभित्र ७,८५८ लाभग्राही भएकोमा पहिलो किस्ता लिने ५,६९२, दोस्रो किस्ता लिने २,१७९ र तेस्रो किस्ता लिनेहरू २,०२६ रहेको प्रतिवेदनमा उल्लेख छ ।
बैठकमा भक्तपुर नपाका प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका लेखा अधिकृत कृष्णप्रसाद भट्टराई र एमआइएस विज्ञ भोजराज भट्टको पनि उपस्थिति थियो ।