पुस्तक वितरणका साथै चियापान कार्यक्रम


पुष १३, २०७७, सोमबार | विहान ०३:५० बजे | 20


भक्तपुर । लघुकथाकार सुरेन्द्रलाल भुजुद्धारा लिखित लघुकथा संग्रह हाकुगु सुपाँय सिथय्या जः प्रकाशित भएको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।   
कार्यक्रममा साहित्यकार एवं प्राज्ञ धु्रव मधिकर्मीले सुरेन्द्रका लघुकथाहरुमा नेवार, पहाडी र तराइ समाजका साथै शिक्षा, राजनीति तथा आर्थिक अभावबाट गुज्रिएकाहरुको मनोभावनालाई राम्ररी चित्रण गरिएका छन् भन्नुभयो ।
नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाशले कृति प्रकाशन भएपछि लेखकलाई चिन्न सजिलो हुने बताउनुभयो ।
यसैगरी विराट गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य र साहित्यकार विमल ताम्राकारले नयाँ कृतिका लागि स्रष्टालाई बधाइ तथा शुभकामना ज्ञापन गर्नुभयो ।  
कार्यक्रममा साहित्यकारहरु दिनेश भुजु , सुधीर ख्वबि, धर्मराज राजकर्णिकार, विमल ताम्राकार, नरेश अमात्य, तुयु पुं , सौरभ, श्याम आशा, हरिगोविन्द भोमी, सुलोचना सैंजु ,न्हुछेभक्त कवां, रविन्द्र आशीष शैली आदिको उपस्थिति थियो ।   कृतिका लेखक सुरेन्द्रलाल भुजूले आमन्त्रितहरुलाई पुस्तक उपहार दिंदै पाठकहरुबाट प्राप्त सल्लाहसुझावले स्रष्टालाई लेखनमा बल पुग्छ भन्नुभयो ।
कुतः पिकाक र सिर्जना अभियान समाजको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा कोरोना महामारीका कारण अनौपचारिक तवरले कार्यक्रम गर्नुपरेको जानकारी पनि दिइयो ।
पुस्तकमा विविध विषयमा लेखिएका ४८ वटा लघुकथाहरु छन् ।

Comments