सिपाडोलमा बाघको बिगबिगी ?


चैत १, २०८१, शनिबार | विहान ०३:५७ बजे | 110


सिपाडोलमा बाघको बिगबिगी ?

रोजी वस्नेत 
भक्तपुर । करिब एक महिनादेखि भक्तपुरको सिपाडोलमा बाघ देखा पर्न थालेको छ । यो समस्या हालै पुनःसुरु भएको हो । यो भन्दा अगाडि केही वर्षअघि यस्तो समस्या सुनिन्थ्यो । यस समस्याले गर्दा स्थानीय बासिन्दाहरु चिन्तित भई घाम छँदै ढोका लगाई बस्नुपर्ने बाध्यता देखिएको छ ।  
जाडो महिना भएको कारण बिहान ६ बजे पनि अध्यारो नै हुने गर्छ, जसले गर्दा कलेज जाने विद्यार्थीहरु पनि डरैडरमा बस कुरेर बस्न बाध्य छन् । एकान्त बाटो, अँध्यारो वातावरण र बाघको डरले आमाबुबा पनि छोराछोरीलाई बिहान पठाउन त्रसित हुने गर्छन् । 
शहरको छेउ भए पनि गाउँको वातावरण भएको सिपाडोलमा घरपालुवा जनावर पनि पालिएको छन् । त्यस्ता घरहरुले अझ वढी बाघको डर भोगेको छ । यस्ता धेरै पीडितमध्ये एक बासिन्दा हुन् रामकला थापा । उनी भन्छिन्, “घर छोडी माइतघरमा एक्लै खेती किसानी गरी गाइवस्तु पालेर धेरै वर्षदेखि बसिरहेछु । पुरानो माटोको घर भएको कारण ढोका र गोठ पनि खासै दरिलो छैन । त्यहीकारण केही महिना अघि चितवाले साँझ सबेरै गाईको बाच्छो मार्यो । अहिले पनि त्यही समस्या दोहोरिँदा यी गाईवस्तु र आफ्नो एक्लो ज्यानको सार्है माया लाग्छ । वरपर नजिकै घर छैन । यो समस्याले निकै तड्पाई रहेछ । 
खानेकुराको हाहाकार भएको कारण बाघले यसरी सताइरहेको अन्य गाउँको बासिन्दाहरुको भनाई छ । सो बाघ एक्लै नआएर आफनो बच्चाहरू पनि ल्याउने गरेको गाउँको स्थानीय बताउँछन् । 
मानिस मात्र नभई घरतिर डुल्ने कुकुर पनि यो समस्याले त्रसित छन् । तिनीहरूको बस्ने ठाउँ पनि घरबाहिर हुने कारणले गाउको रक्षा गर्ने कुकुरहरु पनि कम देखिन थालेना छन् । यो समस्याले हरेक जीवजन्तुसहित सिपाडोलको बासिन्दालाई तर्साइरहेका छन् ।  
अहिलेको मौसममा खेतबारी खासै गर्मीयाममा जस्तो मकै छरिदैन,। बालीनाली लगाइदैन । त्यही कारण पनि यस्तो समस्या देखिरहेछ भने मकैको छर्ने याममा मकैको बोट झाँगिदा झन् डर बृद्धि हुन जाने समस्या देखा पर्नसक्छ । त्यसैले समयमै यस समस्या रोक्न सके गाउँबासी डराईडराई बाँच्नुपर्ने थिएन । कि त ती समस्या भोगेका बासिन्दालाई वडाले राहत प्रदान गर्नुपर्यो नत्र भने वन्यजन्तु प्रशासनमा गई यसबारे छलफल गर्न निकै जरूरी छ । यस विषयमा सिंगो सूर्यविनायक नगरपालिका, सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको ध्यान जान निकै हतार भइसकेको छ । यस समस्याप्रति वडा समितिले पनि ध्यान पुरÞ्याएमा वडाबासीको पीर अलि कम हुने थियो ।
 

Comments