हाम्रो विजय सुनिश्चित ः नेक्राविसंघ नेता


2025-03-14 16:13:22

News Image

भक्तपुर । चैत ५ गते भक्तपुर बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरुको जित सुनिश्चित भएको दावी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ) का उम्मेदवारहरुले गरेका छन् । शुक्रबार क्याम्पसमा गरेको चुनावी सभाका वक्ताहरुले यस्तो दावी गरेका हुन् । चुनावी सभामा संघकोतर्फबाट सभापतिका उम्मेदबार सुजी हाँगोजूले न्यायप्रेमी विद्यार्थीको मत आफूहरुलाई हुने भएकाले आफनो प्यानलको अत्यधिक मतले विजयी हुने दावी गरिन् । 
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य रवीन्द्र खर्वुजा, पार्टीका केन्द्रिय सदस्य एवं वागमति प्रदेशका सांसद सृजना सैंजू, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुग, सचिव दिनेश खड्गीलगायतले संगठनका साथीहरुलाई बिजयी गराउन आग्रह गरे । चैत ५ गते देशभरिका क्याम्पसहरुमा स्ववियूको निर्वाचन हुँंदै छ । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *