यस्ता छन् नगरकोट महोत्सवका योजनाहरु
फाल्गुन २८, २०८१, बुधबार | विहान ११:४१ बजे | 25
नगरकोट । चाँंगुुनारायण नगरपालिकाले बुधबार छलफल कार्यक्रम गरी नगरकोट महोत्सव २०८२ का योजनाहरु सार्वजनिक गरेको छ । नगर प्रमुख जीवन खत्रीले नगरकोटसँंग जोडिएका भक्तपुरको चाँंगुनारायण, काठमाडौंको शंखरापुर र काभ्रेको बनेपा र मण्डन देउपुर नगरपालिकासँंग सहकार्य गरी महोत्वस मनाउने योजना रहेको सुनाए ।
महोत्वसका लागि मनोनित विज्ञ डा घनश्याम खड्काले प्रस्तुत गरेको योजनाको छोटो रुप
नगरकोट भ्रमण वर्ष किन ?
चाँगुनारायण नगरपालिकामा रहेको नगरकोटका विशेषता सुर्योदय र सूर्यास्त मात्र नभई यहाँ वरपर रहेका धार्मिक तथा संस्कृतिक स्थलहरु समेत हुन् भन्ने विषय उजागर गरी ऐतिहासिक पौराणिक स्थलहरु समेतमा पर्यटकहरुलाई आकर्षित गर्न ।
विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरको विशेषतालाई विश्वका पर्यटक, अध्ययन–अनुसन्धानकर्ता एवं हिन्दु तथा बौद्ध धर्मावलम्वीहरु मार्फत सर्वपरिचित गराउन ।
चाँगुनारायण नगरपालिकामा चाँगुनारायण मन्दिरको अलावा त्रिशूलडाँडा, शान्ति डाँडा, ज्योतिर्लिंगेश्वर, महादेवपोखरी, बाल्मीकेश्वर, भिमेश्वर, कल्पेश्वर, मच्छेनारायण, सरस्वती स्थान, फैढोका गणेश, मुहानपोखरी, रानी झुला, ब्रम्हायणीहरु ,यातु महादेव, बोझीनी ड्याम, चट्टान अभिलेख लगायतका क्षेत्रहरुको समेत परिचय र महत्व उजागार गराइ नगरकोटमा आउने पर्यटकहरुको लागि अन्य क्षेत्रको समेत भ्रमण÷दर्शन गर्न प्रोत्सोहित गर्न ।
अवसर
विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर यसको महत्व विशिष्ट रुपमा प्रचार गर्ने ।
यातु महादेव, ज्योतिलिङ्गेश्वर महादेव, मच्छेनारायण, बाल्मीकेश्वर, बागेहिटी (तीनतले शिवलिङ्ग), फैढोका गणेश लगायतका धार्मिक स्थलहरुबारे यथार्थ परिचय दिई पर्यटन प्रवद्र्धन गर्ने ।
त्रिशूल डाँडा, महादेव पोखरी, मुहान पोखरी, बोझिनी ड्याम, नापी नक्सा बेन्च मार्क,लगायतका ऐतिहासिक पुरातात्विक स्थलको प्रचार प्रसार गर्ने ।
रानीझुला पुल, जिप लाईन जस्ता मनोरञ्जनात्मक क्षेत्रहरुको प्रचार प्रसार गर्ने ।
१०८ फिटको सरस्वती मूर्ति (निर्माणाधीन) र १०८ फिटको कल्पेश्वर महादेव मूर्ति (निर्माणाधीन) बारेमा जानकारी गराउने ।
आन्तरिक पर्यटन प्रवद्र्धनमा ऐतिहासिक चट्टान अभिलेख लगायतको चाँगुनारायण नगरपालिका भित्रका समग्र पर्यटकीय क्षेत्रको जानकारी गरउने ।
भारत चिन लगायत तेस्रो मुलुकका पर्यटकहरुको आगमनमा वृद्धि गर्ने ।
अन्तरिक पर्यटन पबर्दन गर्ने ।
उद्देश्य
पर्यटन पूर्वाधार विकास मार्फत पर्यटन बजारको विकास विस्तार तथा सुदृढीकरण गर्ने ।
स्थानीय कला, भाषा साहित्य तथा संस्कृतिको प्रवद्र्धन, प्रचार प्रसार गरी सांस्कृतिक पर्यटनको विकास गर्ने ।
पर्यटकहरुको उचित सत्कार तथा सुरक्षा प्रवन्ध सहितको पर्यटकीय आवास ब्यवस्थापन गर्न सवै व्यवसायीलाई दायरामा ल्याई वर्गीकरण गरी, न्यूनतम सेवा सुबिधाको गुणस्त्तर मापदण्ड निर्धारण गर्ने ।
प्राकृतिक स्रोतहरुलाई संरक्षण उपयोग र व्यवस्थापन गरी भ्ऋइ त्यगचष्कm प्रवद्र्धन गर्ने ।
पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी पर्यटन सूचना सञ्जालीकरण गर्ने ।
स्थानीय उत्पादनलाई पर्यटकीय उपजको रुपमा प्रवद्र्धन गर्ने ।
भ्रमण वर्षमा गरिने कार्यक्रमहरु
नगरकोट भ्रमण वर्षको दिन उदघाटन कार्यक्रममा ९ वटा वडाबाट वडास्त्तरीय एक एक वटा मौलिकता झल्कने नृत्य सहित राष्ट्रिय स्त्तरका सम्बन्धित कलाकारबाट सांस्कृतिक कार्यक्रम ।
विभिन्न वडामा निर्धारित साँस्कृतिक कार्यक्रम ।
विभिन्न वडामा निर्धारित साँस्कृतिक कार्यक्रम सहितका कार्यक्रम ।
साईकिलिङ्ग ।
चङ्गाचेट प्रतियोगिता कार्यक्रम ।
कृषि तथा पर्यटन मेला ।
खेलकुद कार्यक्रम
रोपाइँ जात्रा
साहित्यिक कार्यक्रम
कुम्ह सागर सांगीतिक सांझ
कल्पेश्वर शिव महापुराण
चाँगुनारायणमा विष्णु महापुराण
सहकारी दिवस सम्बन्धित कार्यक्रम
बुद्धपुर्णिमासंग सम्बन्धित कार्यक्रम
महादेव पोखरी जात्रा
श्रावणी मेला
चाँंगुनारायण नगरपालिकाबारे
चाँगुनारायण नगरपालिका मण्डनदेउपुर तथा बनेपा नगरपालिका काभ्रे शंखरापुर नगरपालिका काठमाण्डौका अधिकांश भु–भागसंग पर्यटकीय हिसावले जोडिएको नगरकोट क्षेत्र सुर्योदय र सुर्यास्त देखिने क्षेत्र मात्र होइन ...
पौराणिक कथन अनुसार समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विष निस्की त्यसले सवैलाई त्राही त्राही बनाउदा स्वयम् देवाधिदेव महादेवलेउक्त विष निलेर घाँटीमा राख्दा विषको डाह सहन गर्न नसके पछि यसै क्षेत्रको महादेव पोखरीमा आई त्रिसूलले खनेर पानी निकाली पिएको र उक्त पानीले पनि विषको डाह शमन नहुँदा यहाँबाट सोझै गोसाइ कुण्ड गई डुबुल्की मारेको प्रसंग जोडिएको पवित्र महादेव पोखरी भएको क्षेत्र ।
महामञ्जुश्री आफ्ना रानीहरु सहित चिनबाट नेपाल आउदा बास बसेको गुफा रहेको क्षेत्र । अहिले उक्त गुफामा महा मञ्जुश्रीलाई सरस्वतीका रुपमा पुजा गरिने गरेको छ ।
हिन्दु र बौद्ध धर्मावलम्बीहरुको समान उपस्थितिले धार्मिक समन्वय कायम गरेको क्षेत्र ।
श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा नगरकोटमा आई तत्कालिन भक्तपुरका राजासंग मितेरी लगाई काठमाण्डौ उपत्यका विजय गर्ने प्रेरणा पाएको ऐतिहासिक क्षेत्र ।
श्री ३ चन्द्रशम्शेरले स्वास्थ्य लाभका लागि नगरकोटमा आउँदा निर्माण गरेको भंगेरी दरबार तथा पुतली दरबार निर्माण गरेको ऐतिहासिक क्षेत्र ।
नेपालको भूमि नाप नक्साको मुख्य बेन्चमार्क रहेको क्षेत्र ।
पर्यटकीय हिसावले जीपलाईन प्यारग्लाइडिङ्ग साईकिलिङ्ग गरी आनन्द लिन सकिने क्षेत्र ।
मुहानपोखरी झरना, रानीझूला पुल, जीपलाईन, बोझिनी ड्याम, बन जंगलको मनोरञ्जनात्मक स्थल भएको क्षेत्र ।