केक होइन, सगुनको टीका जुजु धौ
भक्तपुर । हिजोआज जन्मदिन वा अन्य कुनै सुखद् उत्सवहरुमा केक काट्ने र खाने चलन वढ्दो छ । तर मंगलबार भक्तपुरको ख्वप मावि देकोचा भक्तपुरमा भने फरक शैलि देखियो ।
कक्षा १२ मा अध्ययन पूरा गरेका विद्यार्थीले केकको सटामा दहीले सवैलाई खुशी पारे । मानविकी संकायमा स्कुलमा कक्षा १२ अध्ययन पूरा गरेका उनीहरुले सवै विद्यार्थी तथा कक्षा शिक्षकहरुलाई एउटा एउटा दही दिएर दही खुवाएर स्पेशल ग्रोइग प्रोग्राम गरेका हुन् ।
कार्यक्रममा कक्षा शिक्षकहरु विश्वमोहन जोशी, राजु लासिवा, केशव तमखू, रज्जु हाडा र कृष्ण किसीले विद्यार्थीको आगामी दिनको उच्च शिक्षाको सफलताको शुभकामना व्यक्त गर्दै मानविकी संकायको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु बसिल त्वायना, दृष्टि भण्डारीलगायतले स्कुलमा अध्ययन गर्दाका आआफनो दुईवर्षे अनुभब सुनाएका थिए । कार्यक्रमको सञ्चालन कक्षाका छात्रा पूर्णिमा गुरुङले गरेकी थिइन् ।