अहिलेका राजनीतिक दल भन्दा राजा ठिक ः रोहित
फाल्गुन २६, २०८१, सोमबार | दिउँसो ०१:५३ बजे | 125
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहित प्रजातन्त्र पुनस्थापनापछि बनेको सरकारहरुले राजा महेन्द्रले जति पनि काम गर्न नसकेको आरोप लगाएका छन् । राजा महेन्द्रले किसानको पक्षमा भूमिसुधार कानुन ल्याएर बहुमत किसानको हितमा काम गरेको तर अहिलेका कम्युनिष्ट भन्ने सरकारहरुले मजदुर किसानको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए । वर्गीय रुपमा राजाहरु गरिव वर्गको नभई सामन्त वर्गमै रहे पनि कुनैकुनै राजाले देश र जनताका लागि काम गर्ने गरेको उनले सुनाए ।
सकियो बासु मावि कालिघाट व्यासी भक्तपुरको ६३ औं वार्षिकोत्सव पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रमको सोमबार भक्तपुरमा उदघाटन गर्दै विजुक्छेंले यही कारण अहिलेका ठूला राजनीतिक दलका नेताहरु राजादेखि डराएको बताए । आफूले केही काम गर्न नसकेका कारण जनता फेरि राजाका पक्षमा जालान् भनेर ठूला दलका ठूलै नेताहरु पनि त्रासमा रहेको उनले बताए ।
राजा आउने नआउने पक्षमा बोल्दै उदाहरणसहित भने, जसरी सानो बेलाको लुगा ठूलो भएपछि उपयुक्त हुँंदैन, त्यसरी नै गइसकेको राजतन्त्र कुनै हालतमा फर्कदैन र फर्कन पनि दिन हुन्न ।