पुरानो जगाती पुलमा अव सवारीसाधन निशेध


फाल्गुन २५, २०८१, आइतबार | विहान ०८:१० बजे | 80


पुरानो जगाती पुलमा अव सवारीसाधन निशेध

भक्तपुर । भक्तपुरको पुरानो जगातीबासीले टोलमा रहेको ऐतिहासिक पुरानो पुलमा मालबाहक सवारीसाधन प्रवेशमा रोक लगाएका छन् । भक्तपुर नगरपालिकाले तयार गरिदिएको साइनबोर्ड पुलको दुवै छेउको लठामा टाँंगेर स्थानीयले पुलमा चारपाँग्रे सवारीसाधन निशेध गरेका हुन् । 
भक्तपुरको पुरानो जगातीबाट माथि बाचामारी जाने पुरानो पुलको एक छेउमा ढुंगा र स्ल्याब राखेर स्थानीले चाँंरपाँग्रे सवारी प्रवेश गर्न नमिल्ने पनि बनाएका छन् । यसका लागि स्थानीय एक दर्जन युवाहरु खटेका थिए । 
पुरानो पुललाई जोगाउनु आवश्यक रहेको भन्दै स्थानीयले यसअघि पनि पहल गरेका थिए । तर जानकारी अभाबका साथै अटेर गरी त्यहाँं सवारीसाधन चल्दै आएको पाएपछि स्थानीयले साइनबोड झुण्डाउनुका साथै अवरोध हुने गरी पुलको एक छेउमा ढुंगा र स्ल्याब पनि थुपारेका हुन् । अवका दिनमा पनि जवरजस्त सवारी चलाए कारबाहीको पक्रियामा जाने चेतावनी स्थानीयले दिएका छन् । 
 

Comments