नव क्षितिज साप्ताहिक प्रकाशनको २४ वर्ष पार गर्दै २५औं वर्षमा प्रवेश
फाल्गुन २५, २०८१, आइतबार | विहान ०५:०० बजे | 260
असल शासनका लागि ग्रामिण पत्रकारिताको ध्येयसहित काभ्रेलाई जन्म र कर्मथलो बनाएर प्रकाशन आरम्भ गरेको मोफसलको क वर्गको पत्रिका नव क्षितिज साप्ताहिक प्रकाशनको २४ वर्ष पार गर्दै २५औं वर्षमा प्रवेश गरेको अवसरमा मनाईने रजत जयन्तीको तयारी शूरु गरेको छ ।
यहि क्रममा पत्रिकाको रजत लोगो सार्वजनिक गरिएको छ । शुक्रबार सम्माननीय सभामुख देवराज घिमिरे र पत्रिकाका प्रधान सम्पादक नवराज बजगाईले सम्युक्त रुपमा लोगो सार्वजनिक गरेका हुन । २५ वर्षे यात्राका बिभिन्न आयामको प्रतिनिधित्व हुने गरी लोगो तयार गरिएको पत्रिकाका प्रकाशक समेत रहेका बजगाईले बताए ।
२०८२ बैशाख ८ गते काभ्रेको धुलिखेलमा हुने रजत जयन्तीको लोगो सार्वजनिक भएसँगै माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, युवा ब्यवसायी राजेन्द्र थापालगायतले अग्रिम शुभकामना व्यक्त गरेको पत्रिकाका सह–सम्पादक अरबिन्द्र गौतमले बताए । रजत जयन्ती उद्घाटन समारोहमा पत्रिकालाई निरन्तर सहयोग गर्नेलाई सम्मान, रजत गीत सार्वजनिक तथा सम्बन्धित पुस्तकहरु र स्मारिका विमोचनसहितका बिविध कार्यक्रम गरिने छ ।