सूर्यविनायकमा समग्र अध्ययन अनुसन्धान केन्द्र नेपालको स्थापना
पुष १०, २०७७, शुक्रबार | दिउँसो ०२:०८ बजे | 65
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा समग्र अध्ययन अनुसन्धान केन्द्र नेपालको स्थापना गरिएको छ । समाजसेवी डा इन्दुल केसीले शुक्रबार एक कार्यक्रमवीच केन्द्रको उदघाटन गरे ।
समग्र अध्ययन अनुसन्धान केन्द्रलाई विशेष जोड दिने उद्देश्यले अनुसन्धान केन्द्रको स्थापना गरेको केन्द्रका अध्यक्ष छन्दप्रसाद निरौलाले जानकारी गराए । भक्तपुरमा मात्रै नभई समग्र मुलुककै लागि अध्ययन अनुसन्धान केन्द्रको महत्वमाथि चर्चा गर्दै उनले अध्ययन अनुसन्धानमा टेवा पुरयाउने उद्देश्यका साथ केन्द्रको स्थापना गरिएको जनाए ।
[[img3]]
केन्द्रमा पुस्तकालको व्यवस्था गरिने जनाइएको छ । त्यहाँं स्कुलदेखि कलेज तथा विभिन्न क्षेत्रका पुस्तकहरु राखिने जनाइएको छ । विभिन्न अध्यात्मका पुस्तकहरु त्यहाँं रहने जनाइएको छ । केन्द्रमा आएर जोकोहीले पनि अध्ययन अनुसन्धान गर्न सकिने जनाइएको छ ।
[[img2]]
केन्द्रको उदघाटन गर्दै डा केसीले अध्ययन अनुसन्धानमा जोड दिए । अध्ययन अनुसन्धानबाट नै नयाँं तथ्य फेला पर्ने चर्चा गर्दै उनले अध्ययन अनुसन्धानलाई सवैले जोड दिनुपर्ने बताए । कार्यक्रममा रेडियो जनसञ्चारका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेश सैंजू, पत्रकार कृष्ण किसीलगायतले अध्ययन अनुसन्धानमा जोड दिए ।