पलासे र साँगामा बजार अनुगमन ः ३० हजार बराबरको अखाद्य बस्तु जफत गरी नष्ट


फाल्गुन २३, २०८१, शुक्रबार | साँझ ०५:४९ बजे | 75


पलासे र साँगामा बजार अनुगमन ः ३० हजार बराबरको अखाद्य बस्तु जफत गरी नष्ट

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, सूर्यविनायक नगरपालिका वडा ९ का जनप्रतिनिधि, पत्रकार लगायतको सम्मिलित टोलीद्धारा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे र साँगामा रहेका गृह लक्ष्मी भेराइटी स्टोर र सोहन स्टोरमा शुक्रबार अनुगमन गरेको छ । अनुगमनको क्रममा म्याद गुज्रेका करिब रु.तीस हजार (३०,०००÷–) बराबरका अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिएको छ ।
सयुक्त बजारअनुगमनमा सहभागीहरू 
१ जिल्ला प्रशासनका प्रसासकीय अधिकृत अर्जुन सुवेदी 
२ उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्मा 
३ जिल्ला प्रशासनका नासु यादव मिश्र
४ उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुला
५ वडा कार्यालय वडानं ९ का वडासदश्य शेरकाजी सुवाल लगायत नेपाल पत्रकार महासंघका प्रतिनिधि संलग्न रहेको थियो ।
 

Comments