नेमकिपा महाधिवेशन आज सकिंदै ः कसले गर्ला नयाँं नेतृत्व ?


फाल्गुन २०, २०८१, मङ्गलबार | विहान ०७:२६ बजे | 25


नेमकिपा महाधिवेशन आज सकिंदै ः कसले गर्ला नयाँं नेतृत्व ?

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले आज मंगलबार नयाँ नेतृत्व चयन गर्ने भएको छ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र आज नयाँ नेतृत्व चयन हुने बताए । उनले भने, ‘महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणापत्र तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।’
महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् । अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो । पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक बिजुक्छेँलाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ ।

Comments