सूर्यविनायक नगरपालिकाले कुर्सी पुरयाउन नसकेपछि......
फाल्गुन १९, २०८१, सोमबार | दिउँसो १२:१४ बजे | 375
सूर्यविनायक । भक्तपुरको सूर्यविनायक नगपालिकाको भव्य कार्यालय भबन बनेको छ । त्यही भबनको अन्तिम तल्लामा भव्य कार्यक्रम हल पनि बनेको छ । तर सोमबार त्यही कार्यक्रम हलमा एउटा बबाल घटना भयो ।
सूर्यविनायक नगपालिकाको सहयोगमा राष्टिय कृषक समूह महासंघ सूर्यविनायक नगर समितिको आयोजनामा नगरपालिकाको कार्यालय कटुञ्जे भक्तपुरमा साना किसानको सवालमा आधारित छलफल एवं पालिकास्तरीय परिषद् भएको थियो । त्यो कार्यक्रममा सहभागी सर्वसाधारण किसानलाई कुर्सी नपुगेर बबाल भएको हो ।
नगरपालिकाले त्यहाँं झण्डै एक सय ५० वटा प्लाष्टिकको मेचको व्यवस्था गरेको थियो सहभागी किसानका लागि । तर कार्यक्रममा आयोजकको भनाई अनुसार अढाइ सयदेखि तीन सय किसानहरु सहभागी भए । त्यसपछि धेरै किसानहरु कार्यक्रमस्थलमा उठेरै बस्न बाध्य भए ।
धेरै किसानहरु उभेरै वस्न बाध्य भएपछि आयोजक समितिका अध्यक्ष मनोज थापा सभापतिको आशन छोडेर तल कार्यालयका सरोकारवालाहरुसँंग कुर्सी थपिदिन आग्रह गर्न पुगेका थिए । तर कार्यालयले थप कुर्सी दिन सकेन । त्यसपछि अध्यक्ष थापा निराश भई माथि कार्यक्रमस्थलमै आए । त्यहाँं पुगेर उनले आफनो पालो नआए पनि मञ्चको माइक लिएर कुर्सी पुरयाउन नसकेको भन्दै सार्वजनिक रुपमा सहभागी किसानहरुसँंग क्षमा मागे ।
नगरपालिका एक सय ५० वटा कुर्सीको वन्दोवस्त गरेको थियो, थापाले भने, उहाँंहरुले कति न मानिस आउँंला र भनेर खेलाची गर्नुभयो । तर नगरपालिकाका वडा नं १ देखि १० सम्मकै किसानहरु उत्साहपूर्ण रुपमा सहभागी भए ।
कार्यक्रम विहान ११ बजेदेखि सुरु गर्ने भनिएको थियो । कार्यक्रम साँझ तीन बजेसम्म पनि सकेको थिएन । त्यही कारण कति सहभागीहरु कार्यक्रम अवधिभर खुटा दुखाएरै उभेर बस्न बाध्य भए ।