नेमकिपा महाधिवेशन ः यसरी सहभागी रहे काक्राबारीका डम्फू र झाक्रीहरु
फाल्गुन १७, २०८१, शनिबार | विहान ०२:४८ बजे | 110
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको महाधिवेशनमा देशभरिबाट जस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ साँंक्रा काक्राबारीबाट पनि शुक्रबार उलेख्य उपस्थिति रह्यो । तामांग वस्तीका उनीहरु नेपाल मजदुर किसान पार्टी काक्राबारी गाउँं कमिटीको आह्वानमा महाधिवेशनमा सहभागिता जनाउन आएका थिए ।
उनीहरु कोही डम्फूमा त कोही झाक्रीसहित सहभागी रहेका थिए । डम्फूको नेतृत्व स्थानीय बुद्ध लामा र झाक्रीको नेतृत्व प्रेमबहादुर घिसिंगले गरेका थिए ।
स्थानीयका अनुसार एउटा वस रिजर्भबाट उनीहरु गाउँंबाट सूर्यविनायकमा भेला भएका थिए । एउटा रिजर्भ बसमा नअटेपछि कोही मोटरसाइकलमा आएको स्थानीयले बताए । रिजर्भ बस र मोटरसाइकलमा आएका उनीहरु पछि सूर्यविनायकबाट सुरु हुने जुलुशमा मिसिएका थिए । त्यहाँंबाट महाधिवेशनस्थल पुगेका उनीहरु पछि सोही रिजर्भ गाडीबाट गाउँं फर्केका थिए ।