पर्यटन प्रर्वद्धनमा “चाँगु नगरकोट पदयात्रा
फाल्गुन १७, २०८१, शनिबार | विहान ०२:१० बजे | 105
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटी नागरिक उड्यान तथा पर्यटन विभागले आयोजनामा चाँगु–नगरकोट पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।
चाँगुनारायण वडा नं ४ कार्यालय सुरु भएको पदयात्रा हजार सिढीँ, चाँगुनारायण मन्दिर, न्याचा पौवा, शान्ति पार्क, त्रिशुल डाँडा, तेलकाट पुगेको थियो । तेलकोटमा एमालेको वडा नं. ५ कमिटीले पदयात्रीहरुलाई भव्य स्वागत गर्यो । त्यसपछि वडा नं. ६ को जालपादेवी मन्दिर, स्याउली बजार, डाँडा टोल, पिपल बोट, लामा टोल, सनराईज, ओमशान्ति मार्ग, गडगडे, लामिडाँडा हुदै नगरकोट चोकमा पुगेर करिब १५ किलोमिटर लामोपदयात्रा समापन भएको एमालेका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । एमालेको तीन महिने जरा अभियान तथा आगामी बैशाख १ गतेदेखि सञ्चालन गर्ने नगरकोट भ्रमण वर्ष २०८२ को प्रर्वद्धन गर्दै पर्यटन क्षेत्रको विकास एवं आर्थिक उन्नतीको उदेश्यले पदयात्रा गरेको हो अध्यक्ष देउजाले भने । पदयात्राको उद्घाटनामा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर ईन्चार्ज महेश बस्नेत, केन्द्रिय सदस्य सोम मिश्र, अनुशासन आयोग सदस्य विणा बास्तोला, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायत करिब ५ सय जनाको सहभागीता रहेको जिल्ला कमिटीका सचिव विष्णु तामाङले बताए ।