यी हुन् नेमकिपा महाधिवेशनका १५ रोचक पक्षहरु


फाल्गुन १६, २०८१, शुक्रबार | दिउँसो ०२:५२ बजे | 80


यी हुन् नेमकिपा महाधिवेशनका १५ रोचक पक्षहरु

१) पार्टीको नाम नेपाल मजदुर किसान पार्टी रहे पनि महाधिवेशनमा मजदुर नेता कोही पनि मञ्चमा नरहेको । यो पार्टीको मजदुर संघ नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रिय अध्यक्ष राजेन्द्र चवाल हुन् । 
२) पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघका केन्द्रिय अध्यक्ष डिल्लीप्रसाद काफ्ले मञ्चमा रहेर वक्ता रहे पनि उनलाई किसानकोतर्फबाट नभई पार्टी केन्द्रिय सदस्यको हैसियतमा शुभकामना मन्तव्य दिन लगाएको । 
३) पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुगलाई मञ्चमा नराखे पनि उनी एक जनालाई शुभकामना मन्तव्य दिन लगाएको ।
४) स्थानीय सवैजना सहभागीहरुले आआफै खाजाको व्यवस्था गरी कार्यक्रमस्थलमा पुगेको । उपत्यका बाहिरका पार्टी कार्यकर्ताहरुलाई भने पार्टीकोतर्फबाट सानो प्लाष्टिक झोलामा राखेर एकएक प्याकेट दालमोठ, चिउरा र भुजा मिसाइ बनाएको खाजा दिएको । 
५) महाधिवेशन यति व्यवस्थित र पार्टी कार्यकर्ताहरु यति अनुशाशित, मर्यादामा रहे पनि हजारौं सहभागी सवैजना पार्टी अध्यक्ष कार्यक्रमस्थलमा पुगेपछि सवैजना उठेर आदर गरेको ।
६) पार्टी अध्यक्षदेखि झण्डै सवै नेतागणहरुले लिखित भाषण दिएको । लिखित भाषण नदिनेमा सम्भवतः पार्टी केन्द्रिय सदस्य डिल्लीप्रसाद काफ्ले एकजना मात्रै रहेको । 
७) एक दर्जन वढी नेताहरु मुख्य मञ्चमा रहेकोमा दुई जना मात्रै महिला रहेको । कुल १४ जना माथिको मुख्य मञ्चमा रहेकोमा पार्टी केन्द्रिय सदस्यहरु अनुराधा थापामगर र सृजना सैंजू दुईजना मात्रै महिला मञ्चमा रहेको ।
८) अरु पार्टीहरुको महाधिवेशनमा मित्र पार्टीहरुलाई पनि बोलाएर महाधिवेशनको सफलताको शुभकामना मन्तव्य दिन लगाउने गरे पनि नेमकिपाले कुनै पनि मित्र पार्टीलाई कुनै पनि महाधिवेशनमा निमन्त्रणा दिने र शुभकामना मन्तव्य दिन नलाउने पार्टीको नीति आठौ महाधिवेशनमा पनि लागू भएको । 
९) भाषण मात्रै नभई वीचवीचमा देशभरका विभिन्न ठाउँंहरुका साँंस्कृतिक कार्यक्रमहरु देखाउने गरेको । 
१०) भक्तपुरे पार्टी भनेर विरोधीले हेच्याउने गरे पनि महाधिवेशनमा राष्टिय अन्तराष्टिय विषयमा वक्ताहरुले बोल्ने गरेको । 
११) वक्ताहरुले चीनको पक्षमा र अमेरिकाको विरुद्धमा बोल्ने गरेको ।
१२) वीचवीचमा साँंस्कृतिक कार्यक्रम देखाउने क्रममा मञ्च तल नै झण्डै एक सय जना सहभागी भई पश्चिम नेपालका गाउँंगाउँंमा जनताहरु सिटामोलसम्म नपाई मर्नुपरेको गीत गाएपछि धेरैको आँंखा रसाएको । 
१३) महाधिवेशनमा अत्याधिक सहभागिता रहेको र पछाडि वस्नेहरुले मुख्य मञ्चको दृश्य सजिलै देख्न नसकिने भएकाले पछाडि स्किन राखेर अगाडि भइरहेको दृश्यहरु प्रत्यक्ष रुपमा भिडियोमार्फत् लाइभ देखाउने वन्दोवस्त मिलाएको ।
१४) महाधिवेशनमा हजारौंको सहभागिता रहेको तर उदघोषण पुरुष र महिला गरी दुईजनाले गरेकोमा महिलातर्फबाट सानी किशोरीबाट उदघोषण भएको । 
१५) केन्द्रिय कोषाध्यक्ष मोहनप्रसाद प्रजापति कार्यक्रमस्थलको दर्शकदीर्घाको अगाडिको मुख्य सोफामा मात्रै आसन ग्रहण गर्न लगाए पनि उनी भन्दा वरियतामा तल रहेका केन्द्रिय सदस्यहरु भने मुख्य मञ्चमै आसन ग्रहणमा रहेको र उनीहरुले शुभकामना मन्तव्य पनि दिन पाएको । तर केन्द्रिय कोषाध्यक्ष मञ्चमा बक्ताको रुपमा नरहेको । 
 

Comments