न्यायको पुकार


फाल्गुन १६, २०८१, शुक्रबार | विहान ०३:३६ बजे | 125


न्यायको पुकार

विद्राही आर के
एउटा विचार बोकेर 
देश र जनतामा समर्पित 
राष्ट्र सेवक हुने आकांक्षा बोकेर
लम्कि रहेका एक युवा ।

आफ्नै पुर्खाैली जग्गा 
पुर्खाले अहिलेसम्म जोतकमोट
नाम मिलाएर बेचेको 
मुद्दा मामिला खेपिरहेका एक युवा ।

आफ्नै पूर्खौली जग्गा
बेचिबेचि जीवन निवार्ह गरेका
जग्गा बेचेबापत आएको
केहि रकम सहकारीमा राखेका एक युवा ।

गरिब कुलमा जन्मेर 
आमाबुबाले छाक काटेर 
सकिनसकि पढाएर
खाएको साहायक स्तरको जागिरे युवा ।

इमान्दार अनुशासित कर्मचारी
आख्तियारको फोन 
केहि सोधपुछ लागि
सात गते हाजिरको समय जागिरे युवा ।

चरित्रहिन मानिसहरु
आफूमा लागेको दाग लुकाउन
अरुमाथि हिलो छयाप्ने काम यहाँ 
त्यसैको शिकारमा परेका युवा ।

अख्तियारको कुर्सीमा बसेर,
सत्यको झण्डा फराउँदै,
कुन अधिकारले तिमीले आज
निरपराध युवालाई रुवायौ ?

बोलाइन्छ सहायकलाई दोष बिना,
तर्साइन्छ प्रश्नहरूको जालमा,
के यो न्याय हो ? के यो धर्म हो ?
किन बल्छ अन्यायको ज्वालामा ?

पद त हो जनताको सेवा गर्न,
अधिकार त हो सत्यको रक्षा गर्न ।
तर यहाँ दोषरहितलाई झुक्याइन्छ,
साह्रै पीडा दिन खोजिन्छ ।

आँसुका धारा अब रोकिँदैनन्,
जनताको आवाज अब दबिँदैन ।
न्यायको बाटो उज्यालो बनाउ,
अहंकारको छाया हटाउ ।

सत्ता त छ क्षणिक, सत्य चिरकाल,
नबिर्स कि जनता तिम्रो आधार ।
भत्काउ पर्खाल अन्यायको,
बनाउ अख्तियारको नयाँ आकार ।
 

Comments