न्यायको पुकार
फाल्गुन १६, २०८१, शुक्रबार | विहान ०३:३६ बजे | 125
विद्राही आर के
एउटा विचार बोकेर
देश र जनतामा समर्पित
राष्ट्र सेवक हुने आकांक्षा बोकेर
लम्कि रहेका एक युवा ।
आफ्नै पुर्खाैली जग्गा
पुर्खाले अहिलेसम्म जोतकमोट
नाम मिलाएर बेचेको
मुद्दा मामिला खेपिरहेका एक युवा ।
आफ्नै पूर्खौली जग्गा
बेचिबेचि जीवन निवार्ह गरेका
जग्गा बेचेबापत आएको
केहि रकम सहकारीमा राखेका एक युवा ।
गरिब कुलमा जन्मेर
आमाबुबाले छाक काटेर
सकिनसकि पढाएर
खाएको साहायक स्तरको जागिरे युवा ।
इमान्दार अनुशासित कर्मचारी
आख्तियारको फोन
केहि सोधपुछ लागि
सात गते हाजिरको समय जागिरे युवा ।
चरित्रहिन मानिसहरु
आफूमा लागेको दाग लुकाउन
अरुमाथि हिलो छयाप्ने काम यहाँ
त्यसैको शिकारमा परेका युवा ।
अख्तियारको कुर्सीमा बसेर,
सत्यको झण्डा फराउँदै,
कुन अधिकारले तिमीले आज
निरपराध युवालाई रुवायौ ?
बोलाइन्छ सहायकलाई दोष बिना,
तर्साइन्छ प्रश्नहरूको जालमा,
के यो न्याय हो ? के यो धर्म हो ?
किन बल्छ अन्यायको ज्वालामा ?
पद त हो जनताको सेवा गर्न,
अधिकार त हो सत्यको रक्षा गर्न ।
तर यहाँ दोषरहितलाई झुक्याइन्छ,
साह्रै पीडा दिन खोजिन्छ ।
आँसुका धारा अब रोकिँदैनन्,
जनताको आवाज अब दबिँदैन ।
न्यायको बाटो उज्यालो बनाउ,
अहंकारको छाया हटाउ ।
सत्ता त छ क्षणिक, सत्य चिरकाल,
नबिर्स कि जनता तिम्रो आधार ।
भत्काउ पर्खाल अन्यायको,
बनाउ अख्तियारको नयाँ आकार ।