आठौं महाधिवेशन प्रचारार्थ सुकुन्दा -याली सम्पन्न


फाल्गुन १५, २०८१, बिहीबार | दिउँसो ०३:०५ बजे | 160


आठौं महाधिवेशन प्रचारार्थ सुकुन्दा -याली सम्पन्न

नेपाल क्रान्तिकारी महिला संघ २ वडा ब्यासी इकाई  समितिको आयोजनामा फागुन १६,१७,१८ र १९ गते भक्तपुरमा हुने आठौं  महाधिवेशन प्रचारार्थ आज २ वडाको इटाछे, खौमा ,दरवार स्क्वायर , बालाखु ,ब्यासी र सानो ब्यासीमा सुकुण्दा -याली सम्पन्न भयो कार्यक्रममा  उदघाटन -याली  बिहान  १० बजे लान्चाफल्चा कमलबिनायकबाट शुरु हुने भएकोले सम्पुर्ण दाजुभाइ, दिदिबहिनी मजदुर किसान ,युवा बिध्यार्थिहरुलाइ सहभागी हुन हार्दिक अनुरोध गरियको छ |
   सुकुन्दा -याली शुरु हुनु पहिलेको सभामा भक्तपुर नपा वडा नं २ का अध्यक्ष  हरि प्रसाद बासुकलाले नेमकिपाले देश जनताको निस्वार्थपुर्बक   सेवा गरि समाजबादी आचारनलाइ व्यबहारमा लागू गरिरहेको बताउनु भयो | कार्यक्रममा नेमकिपा २ वडा इकाइका अध्यक्ष गणेश प्रसाद सुवाल र महिला संघ नगर समितिका मन्जु लाखाले पनि उदघाटन -यालीमा सहभागिताको सम्पुर्णलाई  हार्दिक अनुरोध गर्नु भयो 

Comments