महाधिवेशन भब्य रुपमा सफल गर्न बृहत स्वयंसेवक भेला सम्पन्न
फाल्गुन १४, २०८१, बुधबार | विहान १०:०६ बजे | 30
भक्तपुर
फागुन १६,१७,१८ र १९ गते हुने नेपाल मजदुर किसान पार्टीको आठौ महाधिवेशन भब्य रुपमा सम्पन्न गर्न स्वयंसेवकहरुको बृहत् भेला भक्तपुरमा फागुन १४ गते सप्पन्न भयो | नेपाल मजदुर किसान पार्टीको आठौ महाधिवेशन स्वयंसेवक परिचालन समिती संयोजक उकेश कवांले रायलीको नेतृत्वकर्ता ,मेडिकल टोलि र बिध्यार्थी समूह र माइकिङ गाडीबारे जानकारी दिन्दै महाधिवेशन सफल पार्न आ-आफनो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नु भयो | कार्यक्रममा नेमकिपा का केन्द्रिय सदस्य रबिन्द्र ज्याख्वले महाधिवेशनमा विभिन्न ठाउँबाट ६ वटा रायली निस्कने र कोटेश्वरबाट आउने जुलुसमा काठमाडौं, ललितपुर र पश्चिम जिल्लाका पार्टी कार्यकर्ता ,शुभेच्छुक र समर्थक सहभागी हुने भएकोले विशेष हुने बताउन भयो |
नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष मीन बहादुर बाटाले पार्टीको महाधिवेशन भब्य रुपमा सम्पन्न गर्न दिएको जिम्मेवारी निस्वार्थरुपमा पूरा गर्न अनुरोध गर्नुभयो |
कार्यक्रममा स्वयंसेवक समिती सदश्य जि पि लासिवाले जुलुसको रुट ,रायलिको
शेदुल ,स्वयंसेवकको बन्दोबस्त र सभास्थल बारे पृजेन्तेसन सहित जानकारी दिनु भयो |