मध्यपुरमा युवा भेला सम्पन्न
फाल्गुन १३, २०८१, मङ्गलबार | दिउँसो १२:२५ बजे | 110
नेपाल क्रान्तिकारी युवासघ मध्यपुर नगर समितिको आयोजनामा पार्टीको आठौं महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न मध्यपुरमा युवा भेला सम्पन्न भयो। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेपालमा कम्युनिस्ट भनाउँदाहरूले समाजवादी आचरण अनुसार काम नगरेकोले जनताले दुःख पाइरहेको बताउनुभयो| उहाँले नेमकिपाकको महाधिवेशन भनेको विश्वविद्यालयको कक्षा जस्तै हुने जानकारी गराउँदै महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नको निम्ति स्वयंसेवक र युवाहरूको भूमिका बारे प्रष्ट पार्नुभयो।|
नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले एमसीसी सम्झौता र राष्ट्रघाती नागरिकता विधेयक संसदबाट खारेज गराउनको निम्ति निरन्तर संघर्ष गरिरहेको बताउँदै सम्पूर्ण युवाहरु समाजवादी आचरण अनुसार चलेको खण्डमा समाजवाद छिटै आउने बताउनुभयो
नेक्रायुसंघ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष राजकुमार लघुले स्थापनाकालदेखि नेमकिपा सिमा अतिक्रमण र भारतीयको बिरोधमा मुकाबिला गरिरहेको बताउनु भयो || नेक्रायुसंघ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र था श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा र वीर कृष्ण प्रजापतिले पनि बोल्नु भएको थियोे