आठौं महधिबेशनका लागि खेलाडी तथा स्वयंसेवक भेला 


2025-02-25 05:44:50

News Image

भक्तपुर । नेपाल कान्तिकारी युवा संघ केन्द्रिय खेलकुद बिभागको आयोजनामा नेपाल मजदुर किसान पार्टीको यही फागुन १६, १७, १८ र १९ गते भक्तपुरमा आयोजित आठौं महाधिवेशन भब्य रुपमा सफल पार्न गोल्मढी भक्तपुरमा खेलाडी तथा स्वयंसेवक भेला सम्पन्न भयो । कार्यक्रम नेमकिपा केन्द्रिय सदश्य तथा स्वयंसेवक विभाग संयोजक उकेश कवांले महाधिवेशनको याली रुटबारे जानकारी दिदै स्वयंसेवकको  र खेलाडीको दायित्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा स्वयंसेवक समिति सदश्य गौतम लासिवाले जुलुसको रुट र सभास्थल ब्यबस्थापन र मन्चको बन्दोबस्तबारे जानकरी दिनुभयो । नेपाल बक्सिङ संघका केन्द्रिय कोषाध्यक्ष गौतम सुजखुले महाधिवेशन सफल पार्न आआफनो ठाँउबाट सहयोग गर्ननुरोध गर्नुभयो ।  नेक्रायुसंघ केन्द्रिय अध्यक्ष मीनबहादुर बाटाले नेमकिपा देशको स्वतन्त्रता र सार्भौमिक्तता जोगाउन निरन्तर सडकदेखि सदनसम्म लागिपरेको जानकारी दिनुभयो । नेक्रायुसंघ केन्द्रिय खेलकुद बिभाग संयोजक रामशरण त्वाती, सदस्य राजकुमार लघुले पनि महाधिवेशन सफल पार्न सहयोग गर्न अनुरोध गर्नुभयो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *