महाधिवेशन प्रचारार्थ ब्यासीमा भेला
भक्तपुर । नेमकिपाको आठौं महाधिवेशनको प्रचारप्रसारार्थ सोमबार भक्तपुरको व्यासीमा पार्टीका शुभेच्छुक, समर्थक एवं पार्टीका कार्यकर्ताहरूको भेला सम्पन्न भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला समितिका अध्यक्ष सुन्दरराज घोसाइले पार्टीको महाधिवेशन सफल पार्नको निम्ति सम्पूर्ण कामदार वर्गका जनतालाई अनुरोध गर्नुभयो । साथै महाधिवेशनमा सहभागीबाट आएका पाहुनाहरूलाई विभिन्न जिल्लाबाट आएका पाहुनाहरूलाई आत्मीय स्वागत गर्न अनुरोध गर्नुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीले समाजवादी आचरणलाई अनुसरण गर्दै देशभर निस्वार्थ रूपमा जनताको सेवा गरिरहेको बताउनुभयो ।
भेलामा भक्तपुर नगर समितिका प्रतिनिधिले सम्मेलनको तयारीबारे जानकारी दिँदै सहभागी सम्पूर्णलाई खाना र आवासको व्यवस्थाको जिम्मा परेको बताउनुभयो । भक्तपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बास्कलाले सम्पूर्ण वडावासीहरूलाई पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रममा रयाली सहित सहभागी हुन अनुरोध गर्नुभयो । टोलमा भइरहेको विकास निर्माणबारे जानकारी पनि दिनुभयो ।
बासु माविका पूर्व प्रचार्य प्राचार्य बालमुकुन्द बासुकलाले नेपाल मजदुर किसान पार्टीको स्थापनाको आधारबारे चर्चा गर्दै पार्टी स्थापना र शिक्षालाई सँगसँगै लगेको बताउनुभयो । उपाध्यक्ष राजकुमार लघुले महाधिवेशन सफल पार्न दाजुभाईहरूको आर्थिक भौतिक नैतिक सहयोगको अपेक्षा गर्नुभयो । स्थापनाकालदेखि नेमकिपाले नेपाली भूमि अतिक्रमणको विरोधमा राष्ट्रघाती सम्झौताको विरोधमा निरन्तर सङ्घर्ष जारी राखेको बताउनुभयो । कार्यक्रममा नेमकिपा दुईवटा व्यासी एकाइका इन्चार्ज गणेशप्रसाद सुवालले फागुन १६ १७ १८ १९ गते हुने नेमकिपाको महाधिवेशन सफल पार्न अनुरोध गर्नुभयो ।