महाधिवेशनको प्रचारार्थ पुरानो जगातीमा बैठक
फाल्गुन ११, २०८१, आइतबार | साँझ ०४:०९ बजे | 175
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौ महाधिवेशनको प्रचारप्रसारार्थ आइतबार भक्तपुरको पुरानो जगातीमा बैठक बसेको छ । नेपाल क्रान्तिकारी महिला संघ पुरानो जगाती एकाई समितिको आयोजनामा बैठक बसेको हो ।
बैठकमा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केपी कोजू, नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष लक्ष्मीनारायण दुवाल, पार्टी भक्तपुर नगर समितिका सदस्य नारायणप्रसाद त्वानाबासु, वडा सदस्य कृष्णलाल किसी, आयोजक समितिका अध्यक्ष पूर्णलक्ष्मी ग्वाछालगायतले बोल्नुभएको थियो ।