समाजवादी व्यवस्थाको लागि संघर्ष गर्नु आजको आवश्यकता
फाल्गुन १०, २०८१, शनिबार | दिउँसो १२:०२ बजे | 70
भक्तपुर । यही फागुन १६ गतेदेखि १९ गतेसम्म हुन गइरहेको नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन भव्य रुपमा सफल बनाउन नेपाल क्रान्तिकारी मजदुर संघ जिल्ला समिति भक्तपुरले शनिवार नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभासद सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गोसाइले देश र जनताको निस्वार्थ रुपमा सेवा गरी समाजवादी आचरणलाई व्यवहारमा लागु गर्न संसारका सबै क्रान्तिकारीहरुबाट शिक्ष्ाँ सिकेर समाजवादी व्यवस्थाको लागि संघर्ष गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । जनताको निस्वार्थ सेवा गरेकै कारण नेपाल मजदुर किसान पार्टी स्थापना भएको ५१ बर्षसम्म पनि विश्व कम्युनिष्ट आन्दोलनमा एउटा प्रकाश स्तम्भको रुपमा अगाडी बढ्न सकेको हु“दा कामदार वर्गको समाजवादी व्यवस्थाको लागि राजनैतिक रुपले सचेत क्रान्तिकारी संगठित शक्तिलाई शोषित पीडित जनताको घरदैलोमा फैलाउनु आजको कम्युनिष्ट कार्यकर्ताको दायित्व भएको बताउनु भयो । आज हाम्रो देशमा शैक्षिक बेरोजगारीको कहालीलाग्दो अवस्थाको कारण शिक्षित जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । डाक्टर,ईन्जिनियर,नर्स,वकिल,पत्रकार जस्ता बौद्धिक मजदुरहरु विदेशीनुको सम्पुर्ण दोष पु“जीवादी सरकारको अदुरदर्शि निति तथा अकर्मण्यता हो । यसकारण शैक्ष्ँिक विदेशी दलालहरुको भूमिकाकै कारण विदेशिएका मजदुरहरुको जीवन समेत अन्यौलको स्थिती भएकोले स्वदेशमै रोजगारीको बन्दोबस्त गरी आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । साम्राज्यवादी अमेरीकाको युद्धको कारण अहिले प्यालेस्टाईन र युक्रेनका जनताको जनजीवन तहसनहस भएको अवस्थालाई शिक्ष्ाँको रुपमा ग्रहण गरी एम.सि.सि.जस्ता विदेशी लगानी भएको एन.जि.ओ.,आई.एन.जि.ओ.,संस्थाहरुको कारण देशको सार्वभौम अधिकार हनन हुने खतरा छ भन्नुभयो । वहा“ले मजदुरहरु पनि वर्गीय भावनाले शोषित पीडितको जनताको बीचमा संगठित हुन नसके मालिकले सधै रजाई गर्ने मौका पाउ“छ । गरिबको धन शोषकले अनेक बहानामा हडप्ने षड्यन्त्र निरन्तर गरिरहने ज्वलन्त उदाहरणको रुपमा अहिलेको गैरसामुदायिक सहकारी संस्थाको अवस्थालाई मनन गर्नु आवश्यक छ भन्नुभयो । नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष्ँ एवं आयोजक समितिका सभाध्यक्ष्ँ उपेन्द्र सुवालले नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन भव्य रुपमा सफल बनाउन विभिन्न समितिहरु गठन गरिएको हु“दा आफुलाई दिईएको जिम्मेवारी ईमान्दारीपुर्वक निर्वाह गरी आर्थिक भौतिक र नैतिक सहयोगको लागि सम्पुर्ण कार्यकर्ताहरु आ आफनो क्षेत्रमा क्रियाशील हुनपर्ने बताउनु भयो । नेपाल क्रान्तिकारी डकर्मी संघ,भक्तपुर सिकर्मी संघ,नेपाल क्रान्तिकारी यातायात मजदुर संघ,नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ,विभिन्न औषधि कारखानामा कार्यरत मजदुरहरु,विभिन्न संघ संस्थामा कार्यरत मजदुरहरुको सहभागिता भएको उक्त कार्यक्रममा आयोजक समितिका रमेश दुमरुले पनि बोल्नु भएको थियो ।