नेमकिपाको महाधिवेशनमा सक्नेले सक्ने सहयोग गर्न अह्वान
काभ्रे, १० फागुन । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिंको २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा बैठक तथा बनभोज कार्यक्रम पलाञ्चोक भगबतीस्थानमा एक समारोहबीच शनिवार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन यहि फागुन १६ गतेदेखि १९ गतेसम्म हुन गई रहेकोले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दे केदारनाथ साकोसको अर्ध बार्षिक समिक्षा मन्तव्य राख्नुहुँदै भन्नुभयो, आर्थिक बर्ष २०८१÷८२ को बार्षिक नीति तथा कार्यक्रम र बजेत ५१ करोड ८० लाख र मुनाफा ६४ लाखको बनाई संचालक र सदस्यहरुलाई सहकारी सम्बन्धि आवश्यक ज्ञान दिन तालिम लगायत सदस्यहरुको आर्थिक र सामाजिक स्तर बृद्धि हुने गतिविधिमा ध्यान दिने र उत्पादनमुलक क्षेत्रमा सहकारीको लगानी हुनुपर्ने कार्यक्रम सहित साधारण सभाबाट पास गराई सोहि बमोजिम सहकारीलाई अगाडि बढाउदै लगेको बताउनुभयो ।
उहाँले वितेको छ महिनामा सहकारी कसरी संचालन भई रहेको छ ? कुन अवस्थामा छ ? भावी योजना र बजेत अनुसार खर्च र आम्दानी मिलि रहेको छ कि छैन भनि समिक्षा गरी सहकारीले योजना अनुसार लक्ष्य पूर्ति भयो कि भएन ? भएन भने अबको छ महिनामा के कस्तो कार्यक्रमहरु अगाडि सार्ने ? सहकारी सिद्धान्त, मुल्य, मान्यता अनुसार संचालनमा छ कि छैन ? आज छलफल गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले सहकारीको प्रगति र अद्योगति थाहा पाउन कुनै पनि कार्य सफल र सुधार गर्नुपर्ने छुट्टयाई निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना नै समिक्षा हो भन्नुभयो । उहाँले अहिले सहकारीमा देखिएको समस्याले सरकारले सहकारी अध्यादेश ल्यायो तर यसले समुदायमा आधारित सहकारीहरुलाई समस्या पार्ने देखिन्छ भन्नुभयो । उहाँले वचत तथा ऋण सहकारी संस्थामा देखिएका प्रमुख समस्याहरू एक सदस्य एक सहकारीले सदस्यहरूको संख्या घटिरहेको छ, भने निक्षेप संकलनमा सीमा तोक्दा सहकारीको पैसा बैंक र घरमा थन्कि संस्थाको स्थिरता र अर्थतन्त्रमा समस्या निम्त्याउ“छ भन्नुभयो । उहाँले वित्तीय अनुशासन र ऋणमा अल्पकालिन ऋण दिने प्रवृत्तिमा रहेका छन्, जसले संस्थाको दिर्घकालिन आर्थिक स्त्रोतमा असर पुर्याउ“छ र धेरै ऋणीले समयमै ऋण चुकाउ“दैनन्, जसको कारण संस्थाको मुनाफा घट्ने र आर्थिक अस्थिरता आउने गर्दछ भन्नुभयो । उहाँले संस्थामा उचित प्रशासनिक संरचनाको अभाव, सफा र पारदर्शी हिसाब–किताबको कमि र वित्तीय अनुशासन र व्यवस्थापनमा कमजोरीले सहकारीहरूको सञ्चालनमा कडा निगरानीको कमी र अनियमितताहरू हुन सक्छन्, जसले संस्थालाई अप्ठ्यारोे परिस्थितिमा पुर्याउ“छ भन्नुभयो ।
उहाँले सहकारीले असल लगानीका क्षेत्रहरूको पहिचान गरी कृषि क्षेत्र, साना उद्योग र उत्पादन, शिक्षा र स्वास्थ्य, हरित ऊर्जा र पर्यावरणीय परियोजनाहरू, पूर्वाधार विकासमा सोच्नु पर्ने देखिन्छ भन्नुभयो ।
उहाँले राज्यले कल्पना गरेको समृद्धिको यात्रालाई सहज बनाउन पनि बचत तथा ऋण अभियानको गुणात्मक विकास आजको आवश्यकता भएकोले समावेशी र दिगो आर्थिक प्रणाली विकास मार्फत आर्थिक विकास र सामाजिक सशक्तिकरणमा योगदान गर्न पनि बचत ऋण अभियानको बृहत सञ्जाल परिचालन हुन आवश्यक भईसकेको छ भन्नुभयो । उहाँले योजनाबद्ध विकास आजको समृद्धिको आधार हो । बचत ऋण सहकारी अभियानको ध्येय दीगो वित्तीय सहकारी मार्फत समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गरी सदस्यको जीवनस्तर सुधार भन्ने स्वीकार गरिएको छ भन्नुभयो । उहाँले स्मार्ट सेवाले प्रविधिमा आधारित सेवा विकास, सदस्यमैत्री चुस्तदुरुस्त सेवाहरु तथा सेवाहरुमा नयाँपनको सुनिश्चितताको आधार तयार गर्ने लक्ष्य योजनामा स्वीकार गरिएको छ जसबाट आबद्ध सदस्यहरुको जीवनस्तरमा गुणात्मक सुधार सम्भव बनाउन सकिनेछ भन्नुभयो ।
कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले ऋण सुरक्षित नहुँदा सहकारीमा नकारात्मक सन्देश गएको बताउँदै सहकारीले सुरक्षितका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अध्यादेशले संस्थाका दिगो विकास र सुरक्षित परियोजनताको लागि सुझाब एवम् सल्लाह आवश्यक भएको बताउँदै त्यसमा सदस्य सबैको सहयोग मिल्ने बताउनुभयो ।
कार्यक्रममा अर्का सल्लाहकार रामकृष्ण छुस्यावागले सहकारी ठगीले गर्दा आएको अध्यादेशले सरकार कै बदनाम भएको बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष राजभाई तजल्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रबन्धक दयाराम तजलेले अर्धबार्षिक समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने स्वागत सचिव कृष्णराम चगुठीले गर्नुभएको थियो ।