थिमि वडा कार्यालय भबन शिलान्यासमा जब एक हुल मानिस विरोध गर्न आए ....
फाल्गुन ९, २०८१, शुक्रबार | दिउँसो १२:५० बजे | 20
मध्यपुर थिमि । विवादका बाबजुद भक्तपुरको मध्यपर थिमि नगरपालिका वडा नं २ को वडा कार्यालय भवनको शुक्रबार मध्यपर थिमिमा एक कार्यक्रमवीच शिलान्यास गरिएको छ । मध्यपर थिमि नगरपालिकाका प्रमख सुरेन्द्र श्रेष्ठले एक समारोहवीच वडा कार्यालय भबनको शिलान्यास गरेका हन् ।
आफनो जग्गामा वलजफ्ती वडा कार्यालय भबन बनाउन लागिएको आरोप पीडितहरुले कार्यक्रमस्थलमै पुगेर गरेका थिए । आफना पीडा सुनाउन समूहमै पीडितहरु शिलान्यासस्थलमा पुगेका थिए ।
पीडित राम बाडेले आफनो तीन रोपनी क्षेत्रफलमध्येको जग्गामा वडा कार्यालय भबन शिलान्यास गरेको भन्दै आपति जनाए । तर नगरपालिकाले भने दिव्यश्वरी जग्गा एकीकरण आयोजनाले दिएको जग्गामा वडा कार्यालय बनाउन लागेको दावी जनायो । तर पीडित पक्षले आफूहरुको जग्गा दिव्यश्वरी जग्गा एकीकरण आयोजना बाहिर रहेको जनाए ।
पीडित राम बाडेले दिव्येश्वरी ९ (क) किता नं २२९ को जग्गा आफूहरुको जग्गा रहेको जानकारी गतवर्षको २०८० माघ २५ गते नै जानकारी वडा कार्यालयलाई गराइसकेको पत्र देखाउँंदै जानकारी हुँंदाहुँंदै पनि भूमाफीयाको चंगुलमा फसेर जवरजस्ती शिलान्यास गरिएको आरोप लगाए । ‘फागुन ८ गते विहीबार (हिजो) मात्रै पनि हामीले यही व्यवहोराको पत्र वडा कार्यालयलाई बुझाएका थियौं, पत्र देखाउँंदै पीडित बाडेले भने, यो पत्र नगरपालिकाको कार्यालयमा पनि दर्ता गर्न गएका थियौं, तर दर्ता नै गर्न मानेन ।
आफूले नगरप्रमुख सुरेन्द्र श्रेष्ठलाई पनि मौखिक जानकारी गराइसकेको र प्रमखले यस सम्वन्धमा सल्लाह गरी अगाडि वढ्ने आश्वासन आफूलाई दिएको उनले जनाए । आफनो जग्गामा बनेको वडा भबन अन्ततः आफनै कायम रहने र यसले प्रमुख, उपप्रमुख, वडाअध्यक्ष सवैलाई नकारात्मक असर पर्ने दावी उनले गरे । उनले यस विषयमा सहयोगका लागि सरोकारवाला अख्तियार, प्रहरी, प्रशाशन, मालपोत, काठमाडौं उपत्यका विकास प्राधीकरणलगायतलाई जानकारी दिइसकेको जानकारी गराए ।
नवनिर्मित वडा कार्यालय पुरानो थिमिको सडकमै रहेको छ । एसओएस स्कुलतर्फ स्कुलको करिव दई सय मिटर पश्चिममा सडक छेउमै वडा कार्यालय भबनको शिलान्यास गरिएको हो ।
भबन साढे चार तल्लाको बन्ने बताइएको छ । चारमध्ये दई माथिल्लो तल्ला अर्थात् तेश्रो र चौथौ तल्ला वडा कार्यालय र बाँंकी पहिलो र दोश्रो तल्ला भाडामा दिने जनाइएको छ ।
करिव २० आनाको जग्गामा भबन बन्ने जनाइएको छ । कुल क्षेत्रफलमध्ये आधा क्षेत्रफलमा भबन बन्ने बताइएको छ । भबन पार्किगसहितको हुने जनाइएको छ ।
भबनको कुल लागत १० करोड रहेको जनाइएको छ । तर ठेक्कामार्फत् टेण्डरमा ६ करोडमा बनाइदिने कवोल पास भएकाले ६ करोड खर्चमा साढे चार तल्ले भबन बन्ने बताइयो । वडा कार्यालय भबन बनाउन लाग्ने सम्पूर्ण रकम नगरपालिकाकाले व्यहोर्ने जनाइयो ।
कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडा न २ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, ३ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यलगायतको उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रम शिलान्यास मात्रै गरेर अन्य कुनै औपचारिक कार्यक्रम नगरी सम्पन्न गरिएको थियो ।