आशापुरी जाने बाटोमा पूरै पहाड काटिएपछि....


फाल्गुन ६, २०८१, मङ्गलबार | दिउँसो ०३:४५ बजे | 25


आशापुरी जाने बाटोमा पूरै पहाड काटिएपछि....

भक्तपुर । भक्तपुरको दक्षिणका पहाडहरुलाई पूरै ध्वस्त बनाउने काम वर्षाैदेखि चल्दै आएको छ । सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै पहाडी क्षेत्रमा जग्गा प्लानिंगको नाममा अन्धाधुन्ध डोजर लगाउने कामहरु भइरहेका हुन् । 
हिजोआज विशेष गरेर आशापुर जाने जंगलहरुतिर यो दृश्य देख्न पाइन्छ । सूर्यविनायक नगरपालिकाले पहाडमा डोजर चलाउन नदिएको बताए पनि जथाभावी डोजर चलेको जताततै देखिन्छ । 
निजी क्षेत्रबाट प्लानिंगवालाहरुले जग्गाभावी भीरपाखामा पनि डोजर चलाएर वस्ती विगार्ने काम भइरहेको हो । यसबाट वर्षामा त्यहाँंको वस्ती नै वगेर धुलो धनजनको क्षति हुने निश्चितप्रायः छ । 
 

Comments