गपली कुवादेखि अरनिको राजमार्गसम्म ब्लक छपाई कार्य


पुष ८, २०७७, बुधबार | विहान ०५:२२ बजे | 60



भक्तपुर । गपली कुवादेखि अरनिको राजमार्गसम्म ब्लक छपाई कार्य गर्न स्थानीयहरुको भेला गपलीमा सम्पन्न भयो ।
उक्त भेलामा कार्यपालिका सदस्य कृष्ण लक्ष्मी दुवालले बाटो उपभोग गर्नेहरु बसेर उपभोक्ता समिति गठन गरे अपनत्व हुनुको साथै कमसल निर्माण गरे वा गुणस्तरहीन सामाग्री प्रयोग गरे त्यसको रेखदेख गर्ने हुँदा बलियो गुणस्तरीय निर्माण हुने बताउनुभयो । उहाँले नगरपालिका नगरबासीहरुको आफ्नै संस्था भएकोले नगरबासीहरुको हितमा निरन्तर काम गरिरहने बताउनुभयो । उहाँले कोरोनाका कारण आइशोलेशनमा नर्सहरु खताउनु पर्दा घरदैलो नर्सिङ सेवा बन्द भएकोमा पुस १२ गतेदेखि संचालन गर्ने तयारी रहेको साथै प्रेसर जाँचलाई सामान्य रुपमा नलिन यसले दीर्घकालीन समस्य मुटु रोग, पारालाईसिस र किड्नी रोगबाट बचाउन मद्दत गर्छ भन्नुभयो । उहाँले बैकल्पिक शिक्षा अनलाईन कक्षा प्रभावकारीतामा प्रश्न उठेको कारण विस्तारै विद्यालय संचालनको तयारी गरिरहेको समेत बताउनुभयो ।
कार्यक्रममा वडासदस्य राजेन्द्र माकले आफ्नो ठाउँको विकास निर्माण उपभोक्ता समिति मार्फत हुँदा बलियो गुणस्तर र भरपर्दो हुने बताउँदै ठेक्कापट्टाले फाइदामा ध्यानमा राखेर काम गर्ने भएकोले निर्माण कमसल हुने बताउनुभयो । उहाँले कोरोनालाई हेलचक्र्याईँ नगर्न र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गर्र्दै त्यसको लागि आईशोलेसन निर्माण गरेको, राहतको बन्दोबस्त र स्वास्थ्य सामाग्री वितरण गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा–४ का सहसचिव विश्वराम त्वयनाले उपभोक्ता मार्फत कार्य गरे करको सदुपयोग हुने बताउँदै कम खर्चमा गुणस्तरीय निर्माण गर्न स्थानीयले आफ्नो ठाउँ राम्रो बनाउन समय दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय रामकृष्ण प्रजापति, कर्मचारी इन्द्र मचामसीले पनि बोल्नु भएको थियो । भेलाले बिश्वराम त्वयनाको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति र राजेन्द्र माकको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरीयो ।


Comments